default_image

एजेन्सी – सुपरस्टार खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीसँगै लिभरपुलका डिफेन्डर भर्जील भान डाइक यूईएफए च्याम्पियन्स लिगको वर्षको उत्कृष्ट खेलाडीको शीर्ष ३ स्थानमा परेका छन् ।

यूईएफएले सार्वजनिक गरेको सुचिमा युभेन्टसका रोनाल्डो र बार्सिलोनाका मेस्सीसँगै डिफेन्डर भान डाइक पनि परेका हुन् । सन् २०११ देखि सुरु भएको यस अवार्डमा रोनाल्डोले सबै सिजनको मनोनयनमा स्थान बनाउँदै ३ पटक उपाधि जितेका छन् । मेस्सीले भने सन् २०११ र २०१५ मा यस उपाधि जितेका थिए । गत सिजन लुका मोड्रीचले यो अवार्ड जितेका थिए । २९ अगस्टमा प्रदान गरिने अवार्डमा भान डाइक पहिलो पटक मनोनयनमा परेका हुन् ।

२७ वर्षे भान डाइन सन् २०१८ मा ७५ मिलियन पाउन्डमा लिभरपुल भित्रिएका थिए । गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउनमा भान डाइकको ठूलो भुमिका रहेको थियो । सिजन अवधिभर भान डाइनले २१ क्लिन सिट राख्न समेत मद्दत गरेका थिए । उनको प्रदर्शन स्वरुप उनले पिएफएको उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए ।

Netherlands van djik

शीर्ष १० मा पर्न सफल अन्य खेलाडी:

एलिसन बेकर – ५७ अंक

साडियो माने – ५१ अंक

मोहमद सलाह – ४९ अंक

इडेन हाजार्ड – ३८ अंक

म्याथिस डे लिग्ट – २७ अंक

फ्रानकी डे जोङ – २७ अंक

रहिम स्टरलिङ – १२ अंक

Success

Thank you for your time.