default_image

एजेन्सी – युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोले बार्सिलोना कप्तान लिओनेल मेस्सी र उनीबीचको फरकबारे बोलेका छन् । इटालियन संचार मध्यम डाज्नसँग बोल्दै रोनाल्डोले आफ्नो अभिव्यक्ति दिएका हुन् ।

रोनाल्डोले मेस्सी र उनीबीच धेरै फरक नरहेको स्वीकार पनि गरेका छन् । ‘ मेस्सी विश्वका उत्कृष्ट खेलाडी मध्यका हुन् । उनी ५ पटक ब्यालोन डी’ओर उपाधि जितेको कारण मात्र नभएर म जस्तै हरेक वर्ष उत्कृष्ट स्तरमा फुटबल खेलेका कारण चिनिनेछन्,’ रोनाल्डोले थपे,’ मेस्सी र मबीच केहि फरक छ भने त्यो मात्र मैले फरक क्लबबाट खेल्दै च्याम्पियन्स लिग उपाधि जितेको हो ।’

रोनाल्डोले ५ पटक च्याम्पियन्स लिग उपाधि जित्नुलाई पनि विशेष मानेका छन् । ‘ निकै कम खेलाडी छन् जसले ५ पटक च्याम्पियन्स लिग जित्न सक्छन् । यसकारण पनि म आफैं यस प्रतियोगितासँग विशेष सम्बन्ध रहेको बुझ्छु ,’ उनले थपे । रोनाल्डोले पहिलो पटक सन् २००८ मा म्यानचेस्टर युनाइटेडबाट च्याम्पियन्स लिग जितेका थिए । त्यसपछि सन् २०१४, २०१६, २०१७ र २०१८ मा रियललाई उपाधि दिलाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

रोनाल्डोले ३४ वर्षको उमेरमा पनि आफूलाई फिट राख्नुको राज कडा मिहिनेत रहेको बताए । ‘ आफूलाई उच्च स्तरमा खेलिरहन सक्ने बनाउन मैले लगातार मिहिनेत गरेको छु । यो स्तरको फिटनेस कायम राख्न सहज छैन । तर मैले आफ्नो करिअरलाई गम्भीर रुपमा लिएको छु र सधैं मिहिनेत जारि राखेको छु,’ उनले भने ।

Success

Thank you for your time.