default_image

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीले क्यानडामा जारी ग्लोबल टि-२० को पहिलो खेलमा खराब प्रदर्शन गरेका छन् ।

विनिपेग हक्सका लागि पहिलो पटक खेल्दै अन्तर्राष्ट्रिय टि-२० फ्रेन्चाइज लिगमा डेब्यु गरेका सोमपालले ब्याटिङ र बलिङ दुवैतर्फ अवसर सदुपयोग गर्नबाट चुके । एडमन्टन रोयल्सविरुद्ध पहिलो ब्याटिङको निम्तो पाएको हक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन जोड्यो । हक्सका लागि शाइमन अनवरले ३५ बलमा ६२ तथा कप्तान जेपी ड्युमिनीले ३१ बलमा नटआउट ४८ रङ जोडे ।

१८ औं ओभरको अन्तिम बलमा कलिम साना आउट भएपछि क्रिजमा आएका सोमपालले कुल ५ बलको सामना गर्दै १ रनमात्र जोड्न सके । सोमपालले ३ डट खाएपछि १८ औं ओभरमा जिमी निशमले जम्मा ३ रन खर्चेका थिए ।

जवाफमा रोयल्सले जम्मा २ विकेटको क्षतिमा १८ औं ओभरमै खेलमा सहज जित दर्ता गर्यो । खेलको १० औं ओभर बलिङ गरेका सोमपालले पहिलो ओभरमा १५ रन खर्चिए । उनले दोस्रो बलमा छक्का खानुका साथै अन्तिम २ बल गर्ने क्रममा ३ वाइड फ्याँकेका थिए ।

त्यसपछि १६ औं ओभर भने सोमपालका लागि झनै महँगो सावित भयो । दोस्रो बलमा जिमी निशमले छक्का प्रहार गरे भने चौथो र पाँचौ बलमा अन्शुमन रथले चौका र छक्का जोडे । उनले यस ओभरमा १८ रन सहित २ ओभरमा कुल ३३ रन खर्चिए ।

रोयल्सका लागि अन्शुमनले ५० बलमा ८७ रन जोडे । उनले ९ चौका र ३ छक्का प्रहार गरेका थिए । उनी खेलको म्यान अफ द म्याच बने ।

Success

Thank you for your time.