default_image

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले डच क्लब आयाक्सका मिडफिल्डर डोनी भान डे बिकसँग सम्झौता गरेको छ ।

रियलले लामो समयदेखि पछ्याएको युवा मिडफिल्डरसँग व्यक्तिगत सम्झौता गरेको छ । अब क्लबले आयाक्ससँग ट्रान्सफर रकमको सम्झौता गर्न बाँकी रहेको छ । रियलबाट मिडफिल्डर मार्कोस लोरेन्टे र ड्यानी सेबालोसले क्लब छाडेपछि अहिले मिडफिल्डरको आवश्यकता रहेको छ ।

पछिल्लो सिजन आयाक्सलाई च्याम्पियन्स लिगको क्वाटरफाइनल पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका भान डे बिकले प्रि-सिजनमा रियलको प्रदर्शन हेरेपछि क्लबसँग सम्झौता गर्ने निर्णय गरेका हुन् । २२ वर्षीय मिडफिल्डरले अब क्लबहरुबीच औपचारिक सम्झौता भएपछि रियलको टोलीबाट खेल्नेछन् । आयाक्सले भान डे बिकलाई आफैं क्लब खोज्न सुझाव दिएको थियो ।

दुई क्लबबीच ५० मिलियन युरो भन्दा बढीको सम्झौता हुने देखिएको छ । रियलले लामो समयदेखि म्यानचेस्टर युनाइटेडका पल पोग्बालाई अनुबन्धन गर्ने प्रयास गरेपनि सफल हुन सकेको छैन । भान डे बिकको आगमनले पोग्बा आउने सम्भावना भने केहि कम हुने देखिन्छ ।

Success

Thank you for your time.