default_image

एजेन्सी – ग्लोबल टि२० क्यानडामा आज नेपाली टोलीका तीब्र गतिका बलर सोमपाल कामी सम्मिलित विपिनेग हक्सले ब्राम्पटन वोल्भीससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राती १०:१५ पछि हुने छ ।

ब्राम्पटन जारी प्रतियोगितामा एक मात्र अपराजित टोली हो । उसले दुवै खेलमा जित निकाल्दै दोस्रो स्थानमा छ । हक्सले ३ खेलमा २ मा जित र १ मा हार सहित तेस्रो स्थानमा रहेको छ ।

ब्राम्पटनको कप्तानी न्युजिल्यान्डका ओपनर कोलिन मुनरोले गर्ने छन् । त्यस्तै उक्त टिममा पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदी, रोहन मुस्तफा, वहाव रियाज, इश रोधी, बाबर हायत, जहुर खान जस्ता स्टार खेलाडी छन् ।

हक्स सुरुवाती ३ खेलमा बलिङगमा केहि कमजोर देखिएको छ । पहिलो खेलमा मोनिटेरियल टाइगर्ससँग २४ रनले पराजित भएको हक्सले दोस्रो खेलमा भान्कुर नाइट्सलाई ७ विकेट र टोरन्टो नेशनललाई ३ विकेटले पराजित गरेको थियो । दुवै जितमा हक्सले २ सय भन्दामाथिको योगफल पुरा गरेको छ । हक्सको बलिङ केहि कमजोर देखिएको हुँदा आज उसले सोमपाललाई टोलीमा मौका दिन सक्छ ।

सोमपाल आईसीसी टि२० एसिया विश्वकप छनोटको कारण पहिलो र दोस्रो खेल भने गुमाएका थिए । तर तेस्रो खेलमा उपलब्ध भएपनि टोरन्टो नेशनलसँगको खेलमा आराम दिएको थियो । सोमपाल र सन्दीप यस प्रतियोगिताको लागि गत आईतबार सिंगापुरबाट क्यानडा गएका थिए ।

Success

Thank you for your time.