default_image

2 years ago

August 8, 2023

विमल र आयुषको गोलमा मछिन्द्रलाई अग्रता

2284 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विमल घर्ती मगर र आयुष घलानले ३ मिनेटको अन्तरमा गोल गरेपछि मछिन्द्र एएफसी कप छनोटको प्लेअफमा पारोविरुद्ध अग्रता लिएको छ ।

खेलको छैटौं मिनेटमा पारोले अग्रता लियो । पेनाल्टी क्षेत्रको बायाँ भागबाट यशी दोर्जीले दिएको पासमा काजुअ‍ोको प्रहार गोल भएको थियो । जापानी फरवार्डको प्रहार गोलरक्षक विशाल श्रेष्ठले बचाउने प्रयास गरेपनि उनको हातमा लाग्दै पोस्टभित्र छिर्यो ।

तर मछिन्द्रले पाँच मिनेट नबित्दै खेल बराबरीमा ल्यायो ।१२ अ‍ौं मिनेटमा सर्ट कर्नरपछि आयुषको क्रमलाई विमलले हेडरमार्फत गोलमा परिणत गरे ।

लगत्तै १५ अ‍ौं मिनेटमा विमल र आयुषको सहकार्यमा मछिन्द्रले अग्रता लियो । विमलले पेनाल्टी क्षेत्र भित्रबाट मिलाएको पासमा आयुषले पहिलो टचमा सुन्दर गोल गरे ।

खेल २६ मिनेट चलिरहँदा मछिन्द्र २-१ ले अघि छ ।

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

Success

Thank you for your time.