default_image

2 years ago

August 24, 2023

मायमीको सेमिफाइनल खेल अतिरिक्त समयमा लम्बियो

2847 views

0 Bookmark

एजेन्सी – यूएस ओपन कप अन्तर्गत इन्टर मायमी र एफसी सिन्सिनाटिबीच जारी सेमिफाइनल खेल अतिरिक्त समयमा लम्बिएको छ ।

निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि ३० मिनेट समय थप गरिएको हो । मायमीले दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल फर्काउँदै हार टारेको हो ।

यसै साता लिग्स कप जितेको मायमीले यूएस ओपन कपमा भने निकै संघर्ष गर्नुपर्यो । दोस्रो हाफको सुरुवातमा २-० को स्थितिबाट पुनरागमन गर्दै मायमीले खेललाई अतिरीक्त समयमा धकेलेको हो ।

खेलको १८ औं मिनेटमा घरेलु टोली सिन्सिनाटिले अग्रता लियो । लुसियानो अकोस्टाले गोल गर्दै मायमीलाई स्तब्ध पारेका थिए । दोस्रो हाफको ५३ औं मिनेटमा ब्रान्डन भाज्केजले गोल गर्दै २-० को अग्रता दिलाए ।

६८ औं मिनेटमा मायमीका लागि लिओनार्डो काम्पानाले गोल गर्दै खेलमा फर्कने संकेत दिए । लिओनेल मेस्सीको फ्रिकिकमा काम्पानाले हेडरमार्फत सहजै गोल गरेका थिए ।

इन्ज्यूरी समयका लागि थप गरिएको आठौं मिनेटको अन्तिम समयमा मायमीले गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्यायो । मेस्सीकै लामो पासमा काम्पानाले हेडरमार्फत गोल गरेका थिए ।

यस खेलको विजेताले फाइनलमा ह्युस्टन डाइनामो र रियल साल्ट लेकबीच चलिरहेको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.