default_image

2 years ago

August 26, 2023

नेपालको उत्कृष्ट सुरुवात

5392 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चारदेश सम्मिलित महिला टि२० आई सिरिजको फाइनल खेलमा हङकङविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ५ ओभरमा २ विकेट गुमाउँदै १३ रन बनाएको छ ।

हङकङकी यासमिन दास्वानी र का यिंग चान समान दुई रनमा क्रिजमा छन् । तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले दोस्रो ओभरको तेस्रो बलमा हङकङकी प्रमुख ब्याटर मारिको हिल शून्यमा कविता जोशीबाट क्याच आउट भइन् । हिल आउट भएपछि हङकङ रन बनाउन संघर्ष गरेको छ । अर्को ओभरमा ओपनर तथा प्रमुख ब्याटर नताशा तारा मिल्स ६ रनमा रन आउट भइन् ।

नेपालले आज ओपनर विन्दु रावलको स्थानमा अप्सरी बेगमलाई मौका दिएको छ । नेपालले टोलीमा अन्य परिवर्तन गरेको छैन । नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् ।

नेपालको प्लेइङ ११ ः

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

Success

Thank you for your time.