default_image

2 years ago

September 22, 2023

वीर र निमाले एसियाड उद्घाटनमा नेपालको झन्डा बोक्ने

1876 views

0 Bookmark

हाङ्गचौ (हाम्रो खेलकुद) – सागका स्वर्ण पदकधारी खेलाडीद्वय वीर बहादुर महरा र निमा घर्ती मगरले १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा नेपालको झन्डा बोक्ने भएका छन् ।

१२ औं र १३ औं दक्षिण एसियाली खेलकुदमा उसुतर्फ स्वर्ण पदक जितेकी निमा र १३ औं सागमा तेक्वान्दोमा स्वर्ण जितेका वीरले उद्घाटन समारोहको मार्च पासमा नेपालको झन्डा बोक्ने भएका हुन् । टोकियो ओलम्पिकदेखि मार्चपासमा महिला र पुरुष दुवैको प्रतिनिधित्व हुनुपर्ने अन्तर्राष्ट्रिय ओलम्पिक समितिले नियम बनाएको थियो । ओलम्पिक काउन्सिल अफ एसियाले पनि त्यसैलाई निरन्तरता दिएको छ ।

नेपालले यसपटक हालसम्मकै सर्वाधिक २ सय ५३ खेलाडीसहित एसियाडमा सहभागिता जनाउँदैछ । २९ खेलका प्रशिक्षक विभिन्न पदाधिकारी पनि चीन आउने क्रम जारी छ ।

उद्घाटन समारोह सुरु नहुँदै पुरुष भलिबल, टेबल टेनिस र महिला फुटबल सुरु भइसकेका छन् । पुरुष भलिबलमा नेपाल समूह चरणको दुवै खेल हार्दै बाहिरिसकेको छ । टेबल टेनिसमा टिम इभेन्टतर्फ शुक्रबार हारे बेहोरेका महिला र पुरुष टोलीले शनिबार विहान पनि खेल्नेछन् ।

महिला फुटबलमा नेपाल शुक्रबार नै भिएतनामसँग २-० ले पराजित भएको हो । टोलीले अझै समूह चरणको दुई खेल सोमबार र विहीबार खेल्नेछ ।

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

Success

Thank you for your time.