2 years ago
October 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत हङकङविरुद्ध जारी तेस्रो खेलमा औसत सुरुवात गरेको छ ।

नेपालले ५ ओभरको समाप्तिमा २ विकेट गुमाएर ३१ रन जोडेको छ । ओपनर कुशल भुर्तेल र तेस्रो नम्बरमा आएका सोमपाल कामी पेभेलियन फर्केका छन् ।
क्रिजमा हाल कप्तान रोहित पौडेल र ओपनर आसिफ शेख खेलिरहेका छन् । आसिफले १० बलमा २ चौकासहित १२ रन जोडेका छन् । रोहित ५ बलमा १ चौकासहित ५ रनमा छन् ।
नेपालले दोस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेललाई गुमाएको थियो । उनी २ रनमा हुँदा हारुन अर्षदको बलमा एलबीडब्लु आउट भए ।
पाँचौ ओभरको पहिलो बलमा सोमपाल ठूलो सट खेल्ने धुनमा क्याच आउट भए । एजाज खानको बलमा बाबर हायातको हातबाट क्याच आउट हुनुअघि उनले १२ बलमा ८ रन जोडे ।
नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले यसअघि सिरिजको दुवै खेलमा पहिलो फिल्डीङ गर्ने निर्णय लिएको थियो ।
नेपालका लागि खेलमा प्रतिस जिसीले डेब्यु गर्दैछन् । त्यस्तै ललित नारायण राजवंशी पनि टोलीमा फर्केका छन् । पछिल्लो खेलबाट अभिनाश बोहोरा र श्याम ढकाललाई विश्राम दिइएको छ ।
आजको खेलमा विजयी भएसँगै नेपाल एक खेल अगावै फाइनलमा स्थान बनाउनेछ । पहिलो खेलमा हङकङमात्रै ९४ रनमा अल आउट भएको थियो । उक्त खेलमा नेपालका करण केसीले चार विकेट लिएका थिए । नेपालले त्यसअघि पहिलो खेलमा यूएईलाई हराएको थियो । सिरिजको फाइनल शुक्रबार हुनेछ ।
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]