1 year ago
June 15, 2024
किङ्गसटाउन (हाम्रो खेलकुद)– टाबरेज साम्सीले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिएपछि टि ट्वान्टी विश्व कपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले ८ ओभरको क्षेतिमा ३६ रन बनाएको छ ।
१ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले आठौं ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी २१ बलमा १३ रन बनाएर बोल्ड भएका छन् । त्यसपछि क्रिजमा आएका कप्तान रोहित कुमार पौडेल दोस्रो बलको सामना गर्ने क्रममा साम्सीबाट बोल्ड आउट भएका छन् । अर्का ओपनर आशिफ शाह १६ रनमा नटआउट छन् ।
त्यसअघि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी चम्केपछि नेपालले दक्षिण अफ्रिकालाई १ सय १५ रनमा रोकेको थियो । कुशलले ४ र दीपेन्द्रले ३ विकेट लिएका थिए ।
नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । दुई फरक परिस्थितिका साथ नेपालले सिनियर क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दैछ । यसअघिका सबै ३ खेल जित्दै ६ अंकका साथ दक्षिण अफ्रिका विश्व कपको सुपर एटमा पुग्नेछ ।
अर्कोतर्फ नेपालले अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेदरल्यान्ड्सँग ६ विकेटको हारबाट विश्व कपको यात्रा सुरु गरेको थियो । अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवित राख्न पनि नेपालले आजको खेल जित्नै पर्ने हुन्छ ।
दक्षिण अफ्रिकासँग हारको सामना गर्नु परेमा नेपाली टोली बंगलादेशको सामना गर्नुअघि नै विश्व कपबाट बाहिरिने छ । समूहमा बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ । नेदरल्यान्ड्सको २ अंक छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]