4 weeks ago
September 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गत क्यानडा विरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।
पहिलो विकेटका रुपमा नेपाली टिमका ओपनर कुशल भुर्तेल चौथो ओभरको अन्तिम बलमा आउट भएका हुन् । भुर्तेल १० बलमा १ रन बनाउँदै डेलिन हेलिगरको बलमा एलबिडब्लु आउट भएका हुन् ।
नेपालले अहिले ५ ओभरको समाप्तीमा १ विकेट गुमाएर १८ रन बनाएको छ । नेपाल २ सय ५४ रनको विशाल लक्ष्य पछ्याइरहेको छ ।
October 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टेबल टेनिस खेलाडी इभाना थापाले काजकस्तानको आस्तनामा जारी २७ औं एसियन टेबल टेनिस च्याम्पियनसिपमा पहिलो चरणमा जित हासिल गरेको छिन्। इभानाले बिहीवार आयोजक काजकस्तानकी एनल बाखेतलाई ३-२ ले हराएकी थिइन्। इभानाले ८-११,१२१०,६-११,१२-१०,११-४ नतिजा आफ्नो पक्षमा पारेकी छिन्। वेमन्स सिंगल्सको अन्तिम ६४ मा इभानाको खेल शुक्रवार रहेको अखिल नेपाल टेबल टेनिका महासचिव […]
October 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले चौथो अभ्यास खेलमा क्यानडा हाइ पर्फर्मेन्स टिमलाई पराजित गरेको छ । क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले बुधवार बिहान सकिएको अभ्यास खेलमा २ विकेटको जित निकालेको हो । १ सय ९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर अनिल शाहले ७३ बलमा ५९, आरिफ शेखले […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने विरूद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ। उच्च अदालतको फैसला चित बुझेको कारण पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका सूर्यराज दाहालले बताए। असोज १० गते सन्दीप विरूद्धको उक्त मुद्दामा उच्च अदालतको फैसलालाई सही मान्दै पुनरावेदनमा नजाने निर्णय महान्यायाधिवक्ता कार्यालयले गरेको हो। उक्त मुद्दामा […]