5 months ago
July 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – काभा मेन्स च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्टस क्लबले पहिलो खेलमा माल्दिभ्सको धिवेही सिफाइन्स क्लबसँग खेल्ने भएको छ ।
सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा) ले मंगलबार जारी गरेको खेल तालिकामा नेपालको क्लबको पहिलो खेल घरेलु टोली धिवेहीसँग बुधवार परेको हो ।
प्रतियोगितामा काभा अन्तर्गत रहेका ५ देशका लिग च्याम्पियन क्लबको सहभागिता रहेको छ । आयोजक देशको २ क्लबले प्रतिनिधित्व गर्ने नियम रहेको छ । जसअनुसार प्रतियोगितामा काजकिस्तान, किर्गिस्तान, श्रीलंका, नेपाल र माल्दिभ्सका क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ । नेपालमा गत वर्ष भएको यो च्याम्पियनसिपको पहिलो संस्करणमा हेल्प नेपाल फाइनलमा पराजित भएको थियो। यो पटक भने उपाधि जित्ने टोली बनाएको प्रशिक्षक उत्सव खड्काले बताए।
उनले यो पटक तीन उत्कृष्ट विदेशी खेलाडी भित्राएको र विभागीय टिमका खेलाडीलाई समेटेर टिमलाई बलियो बनाएको हाम्रो खेलकुद डटकमलाई बताए।
तर टोलीले नै एकजुट भएर प्रशिक्षण गर्न भने पाएका छैनन्। विदेशी खेलाडी सीधै माल्दिभ्स पुग्नेछन्। यहाँबाट टोली माल्दिभ्स पुगेपछि टिम सेट गर्नको लागि दुई दिनको समय रहनेछ।
उज्वेकिस्तानको क्लबले भने अन्तिम समयमा नाम फिर्ता लिएको थियो। यो प्रतियोगिताको सन् २०२६ को एसियन क्लब च्याम्पियनसिपको छनोट पनि हो। विजेता टोलीले एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ।
खेल तालिका

December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]