default_image

7 years ago

August 18, 2017

प्रेम प्रस्तावमा मेरो जवाफ हुन्छ ‘सरी’ – करातेकी अनुसँग १२–२७ कुरा

काठमाडौं – हरेक खेलाडीका आफ्नै कथा हुन्छन् । अनु अधिकारीको पनि कराते खेल्न थाल्नुमा बेग्लै कथा छ । खेल बुझेर वा यसप्रतिको लगावले हैन, कराते खेल्दा तौल घट्छ भन्ने सुनेर उनी यसतर्फ आकर्षित भएकी थिइन् । ‘सानोमा म मोटी थिए । मोटी भएकोले मलाई अलि अप्ठेरो लाग्थ्यो,’ उनले स्मरण गरिन्,‘अरु साथीहरु ब्रेकमा कराते सिक्थे । […]

27 views

0 Bookmark

काठमाडौं – हरेक खेलाडीका आफ्नै कथा हुन्छन् । अनु अधिकारीको पनि कराते खेल्न थाल्नुमा बेग्लै कथा छ । खेल बुझेर वा यसप्रतिको लगावले हैन, कराते खेल्दा तौल घट्छ भन्ने सुनेर उनी यसतर्फ आकर्षित भएकी थिइन् । ‘सानोमा म मोटी थिए । मोटी भएकोले मलाई अलि अप्ठेरो लाग्थ्यो,’ उनले स्मरण गरिन्,‘अरु साथीहरु ब्रेकमा कराते सिक्थे । कराते खेल्दा तौल घट्न भन्ने सुनेपछि मलाई पनि जाउ जाउ लाग्यो । अनि जान थाले ।’

Anu Adhikari

विस्तारै खेल्दै जाँदा कराते उनका लागि नशा जस्तै बन्यो । सफल खेलाडी बन्छु भन्ने सोचले उनी खेलमा आबद्ध भइकी थिइनन् । तर, अर्को बर्ष भ्याली च्याम्पियन्सिपमा तेस्रो भएपछि उनलाई झन् हौसला बढ्न थाल्यो । ११ बर्षयता कराते खेलाडीका रुपमा सक्रिय अनुको अहिले अरु विषयमा खासै ध्यान जादैन । राष्ट्रिय टोलीको प्रशिक्षणमा नियमित अभ्यास गर्दै आएकी अनु सातामा चार दिन दुईवटा स्कुल (प्यारागन पब्लिक स्कुल र किड्जी) मा कराते पनि सिकाउँछिन् । उनी आफुले जानेको ज्ञानसिप स्कुले नानीहरुलाई बाढ्न रमाइलो मान्छिन् ।

अहिले सम्म उनका लागि कराते जीवनको एउटा अभिन्न अंग जस्तै भइसकेको छ । खेल सुरु गरेको चार बर्षमै उनले अन्तर्राष्ट्रिय पदक जितेकी थिइन् । सन् २०१० को ११ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जिते यता उनले विश्व च्याम्पियनसिप, एसियन च्याम्पियनसिप, एसियाली खेलकुदलगायत थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरिसकेकी छिन् ।

Anu

करातेकै कारण आफ्नो परिचय बनेको बताउने उनी करातेमा बेला बेला देखिने विवादले भने निराश हुने गरेको सुनाउँछिन् । ‘हामी दिन रात नभनी मेहनत गर्छौ । तर पनि करातेको विवादका कारण हामी तयारी गरेर पनि खेल्न पाउँदैनौं की भन्ने डर लागि रहन्छ,’ नुवाकोटको साविक थप्रेक गाविसमा जन्मेकी अनु भन्छिन्,‘खेलाडीले ढुक्क भएर खेल्न नपाउँदा सम्म खेलको विकासले गति लिन सक्दैन । खेलाडीले सधै त्रासमा खेल्नु पर्दा मनोबल पनि कमजोर रहन्छ ।’

कराते बाहेक के गर्ने भन्नेमा खासै योजना बनाइनसकेकी २३ वर्षे उनी भन्छिन्,‘ भविष्यमा मलाई कराते प्रशिक्षक बन्न मन छ । तर हामीका त्यो वातवरण मिल्छ भन्ने अवस्था छैन । मैले कराते बाहिर राखेर आफुलाई हेरेकी छैन । जति बेला सम्म खेल्न सक्छु खेल्छु । ’ बालाजुको तरुण माविबाट २०६५ मा एलएलसी उर्तिण गरेकी अनु घरकी कान्छी सन्तान हुन् । बाबुआमाकी एक्ली छोरी र दुई दाजुकी बिहिनी उनलाई सुरु सुरुमा घरबाट किन खेल्ने भन्ने प्रश्न आउथ्यो । तर पछि सफलता पाउँदै गएपछि घरबाट पनि साथ मिल्न थाल्यो । उनै अनुसँग हाम्रो खेलकुद डटकमका दिपेश तिमलसिनाले गरेको १२–२७ कुरा ।

१.कहिलेबाट खेल्न सुरु गर्नु भयो ?

– ६ कक्षामा पढ्ने बेला देखि खेल्न सुरु गरे । त्यति बेला १३ बर्षको थिए ।
२. पहिलोपटक पदक जित्दा कस्तो महसुस भयो ?

– खेल्न थालेको अर्को बर्ष भ्याली च्याम्पियनसिप खेल्दा तेस्रो पदक जितेको थिए । साथीहरु सबैले स्वर्ण पदक जितेका थिए, मैले कास्य पदक जित्दा नरमाइलो लागेको थियो ।
३. कराँते कसरी लाग्नु भयो ?

– म पहिला मोटी थिए । दुब्लाइन्छ अरे भन्ने सुनेर खेल्न जान थाले । यस्तो खेलाडी बन्छु भन्ने केही लागेको थिएन ।
४. कुन फोन चलाउनु हुन्छ र फोन किन्दाको मुल्य ?

–आइफोन सिक्स प्लस । यसको मुल्य ८० हजार छ भन्ने सुनेको छु । मलाई दादाले ल्याइदिनु भएकोले खास मुल्य थाहा छैन ।
५. कुन बाइक÷स्कुटर चढ्नु हुन्छ र मुल्य ?

–डिओ चढ्छु । त्यसको मुल्य १ लाख ७० हजार रुपैयाँ छ ।
६. बार्षिक कति कमाउनु हुन्छ ?

– ३ लाख रुपैयाँको हाराहारीमा
७. खेलाडी नबनेको भए के गर्नु हुन्थ्यो होला ?

– म कमर्सको विधार्थी पनि भएकोले सायद बैंकर हुन्थे होला ।
८. शैक्षिक योग्यता कति छ ?

– बिबिएस अध्ययनरत
९. कस्तो फिल्म हेर्नुहुन्छ र पछिल्लो पटक हरेको फिल्म ?

– मलाई शिक्षाप्रद फिल्म बढी म पर्छ । हलमै गएर त खासै हेर्दिन । हलमा गएर पछिल्लो पटक हरेको दंगल । युटुबमा केही दिनअघि एमएस धोनी हरेको थिए ।
१०. सबै भन्दा मन पर्ने नायक र नायिका ?

– आमिर खान र प्रियंका चोपडा
११. सबैभन्दा मन पर्ने गायक र गायिका ?

– रामकृष्ण ढकाल र अञ्जु पन्त ।
१२. सबैभन्दा धेरै पटक सुनेको गीत ? Anu Adhikari

– लभ मी लाइक यु डु
१३. सिंगल हुनुहुन्छ ?

– सिंगल छु ।
१४. किताब कतिको पढ्नु हुन्छ? पछिल्लो पटक पढेको किताब ?

– कोर्सको बाहेक किताब पढ्दिन । पछिल्लो पटक समर लभको अडियो सुनेको थिए ।
१५. अहिलेसम्म कति देश पुग्नु भयो ? सबैभन्दा मन परेको देश ?

– अहिले सम्म ११ देश पुगे । त्यसमध्ये जापान सबैभन्दा रमाईलो लाग्यो । चार बर्षअघि जापानमा भएको वल्र्ड च्याम्पियनसिपमा म सेमिफाइनल सम्म पुगेको थिए । खेल जीवनमा मैले सबैभन्दा राम्रो प्रदर्शन त्यहि गरे जस्तो लाग्छ ।
१६. नेपालमा सबैभन्दा मनपर्ने ठाउँ?

– पोखरा र बनेपा
१७. सबैभन्दा मनपर्ने खानेकुरा?

–खसीको मासु र भात एकदम मन पर्छ ।
१८. खाना बनाउनु हुन्छ ? आफैले पकाएको सबैभन्दा मिठो के लाग्छ ?

– समय मिल्दा खाना बनाउँछु । घरमा मैले बनाएको आलु काउलीको तरकारी सबैले मिठो मान्नु हुन्छ ।
१९. सामाजिक सञ्जाल कतिको चलाउनु हुन्छ र प्रेम प्रस्ताव कतिको आउँछ ?

– फेसबुक, म्यासेन्ज र भाइबर बढी चलाउँछु । प्रेम प्रस्ताव पनि अलि अलि आउँछन्, तर सरी भन्दिन्छु । त्यस्तो प्रभावित नै हुने खालको प्रस्ताव आएको छैन ।
२०. पहिलो कमाई के गर्नु भयो ?

– सन् २००९ मा गणतान्त्रिक खेलकुद पदक जितेपछि ५ सय रुपैयाँ पाएको थिए । त्यसले जुत्ता किने ।
२१. खेल जीवनमा सबैभन्दा खुसी भएको क्षण ?

– सन् २०१० मा ११ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेर स्वदेश फर्केपछि । पदक जित्दा भन्दा पनि फर्केर आएपछिको चर्चा र सबैले बधाई दिएपछि केही गरेछु भन्ने अनुभव गरे ।
२२. फुर्सदको समयमा के गर्नु हुन्छ ?

– युटुबमा कराँते खेल बढी हेर्छु । अरुको खेलबाट आफुलाई केही सिक्ने अवसर मिल्ने हुनाले समय मिल्दा हेर्छु ।
२३. आफुले चाहेर पनि गर्न नसकेको काम ?

– अहिले राम्ररी पढ्न सकिन ।

२४. राष्ट्रिय टोलीमा सबैभन्दा मिल्ने साथि र आशालाग्दो खेलाडी ?
–गंगा (अधिकारी) दिदिसँग एकदमै मिल्थे । अरुसँग पनि मिल्छु । सोनाम लामाले भविष्यमा राम्रो गर्छन् भन्ने विश्वास छ ।

२५. सबैभन्दा मनपर्ने बिदेशी टोली र खेलाडी ?
– अजरबैजानका राफल आघायोको खेल मनपर्छ ।

२६. तपाईको नजरमा कराते खेलको विकास कसरी होला ?
– सबैभन्दा पहिलो त हामीका करातेको विवाद सधैका लागि अन्त्य हुनुपर्दछ । जबसम्म यो विवाद रहन्छ खेलाडीहरुको मनोबल उच्च हुने सक्दैन । पुरा तयारी गरेर छनोट भएर पनि अन्तर्राष्ट्रिय खेलमा भाग लिन पाइन्छ भन्ने खेलाडीलाई विश्वास छैन । विश्वासको वातावरण हुनु हो भने हाम्रा खेलाडीले अहिलेको भन्दा पनि राम्रो प्रदर्शन गर्न सक्छन् भन्ने लाग्छ । विवादले खेलाडीमा भएको पनि जोस मरिरहेको हुन्छ । अर्को खेलाडीले बढी भन्दा बढी एक्सपोजर पाउन सके र टेक्निकल्ली पनि अहिले सुधार गर्न सकेको खण्डमा अझै राम्रो गर्न सकिन्छ ।

२७. आफ्ना शुभेच्छुकहरुलाई के भन्न चाहनुहुन्छ ?
– जसले मलाई शुभकामना हौसला दिनुहुन्छ उहाँहरुलाई धन्यवाद भन्न चाहन्छु । भेटिने जत्तिलाई त आफैले पनि धन्यवाद दिएको छु । जसले मेरो बारेमा राम्रो धारणा राख्नु हुन्न उहाँहरुलाई पनि मेरो प्रदर्शनले जवाफ दिइरहेको छु । सफलता पछि आलोचना पनि आफै कमजोर भएर जान्छ ।

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.