default_image

7 years ago

November 18, 2018

पहिलो हाफमा रुस्लान थ्री स्टारको अग्रता

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अाइतबारको दोस्रो खेलमा रुस्लान थ्री स्टार र ब्रिगेड ब्वाइज क्लब खेल्दैछन् । पहिलो हाफमा थ्री स्टारले १-० को अग्रता लिएको छ ।

खेलको १० अौं मिनेटमा थ्री स्टारले सुरुवाती अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र दिपेन सिंहले निराजन खड्कालाई लडाएपछि रेफ्रिले पेनाल्टी दिए । रन्जित धिमालले पेनाल्टीलाई सजिलै गोलमा परिणत गर्दै अग्रता दिलाए ।

३० अौं मिनेटमा सुनील बलको उत्कृष्ट कटब्याकमा थ्री स्टारका फरवार्डहरु गोल गर्न चुके । ६ यार्ड बक्सभित्र अाएको पासलाई दुवै फरवार्ड रन्जन विष्ट र अजायी मार्टिन्सले भ्याएनन् । लगत्तै रन्जनले मार्टिन्सको पासमा पेनाल्टी क्षेत्रभित्र सट प्रहार गर्न असफल रहे ।

लिगमा लगातार दोस्रो जित दर्ता गर्ने लक्ष्यमा थ्री स्टारले बलियो सुरुवात गरेको छ । बल पोसेसनमा पकड जमाएको थ्री स्टारले लगातार अाक्रमण बुनिरहेको छ । काउन्टरमा बिरलै अाक्रमण गरेको ब्रिगेड ब्वाइजले उल्लेख्य मुभ बनाउन सकेको छैन ।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.