5 years ago
August 15, 2020
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत तेस्रो क्वाटरफाइनलमा बार्सिलोनाविरुद्ध पहिलो हाफमा नै ४-१ को फराकिलो अग्रता लिएको छ ।

खेलको तेस्रो मिनेटमा नै बायर्नले अग्रता लियो । रोबर्ट लेवान्डोस्की र थोमस मुलरले पेनाल्टी क्षेत्रभित्र एक अर्कासँग पास खेल्दै बनाएको मुभमा मुलरले गोल गरेका थिए । उनले लेवान्डोस्कीले मिलाएको बललाई पहिलो टचमा नै गोल गर्न सफल भए ।
तर बायर्नको उक्त अग्रता ३ मिनेट पानी टिक्न सकेन । छैटौं मिनेटमा जोर्डी अल्बाले गरेको क्रसलाई क्लियर गर्ने क्रममा डेविड अलाबाको क्लियरेन्स आफ्नै पोस्टमा छिर्न पुग्यो । अल्बाले सुआरेजलाई लक्षित गर्दै दिएको लो क्रसमा अलाबाले राम्रो नियन्त्रण गर्न नसक्दा आफ्नो पोस्टतर्फ गएको बललाई गोलरक्षक नोएरले पनि बचाउन सकेनन् ।
खेलको आठौं मिनेटमा लुइस सुआरेजले वन भर्सेस वनको स्थितिमा गरेको प्रहारलाई म्यानुएल नोएरले विफल पारे । त्यसपछि कर्नरमा बनेको मुभमा पोस्ट बाधक बन्दा बार्सिलोना अग्रता लिनबाट चुक्यो । मेस्सीको क्रसमा सर्जियो बुस्केट्सले राम्रोसँग हेडर गर्न नसक्दा बार्सिलोनाको ४ खेलाडीलाई बिट गर्दै बल पोस्टमा लागेर फर्कियो ।

खेलको २० औं मिनेटमा लिओनेल मेस्सीले दुई डिफेन्डरलाई छलाउँदै पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलरक्षक नोएरले सहजै बचाए । त्यसको एक मिनेट नबित्दै अर्कोतर्फ आक्रमण बुनेको बायर्नले पुन: अग्रता बनायो । इभान पेरिसिचले सर्ज जिनाब्रीको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गरेको प्रहार गोलमा परिणत भयो । गोलरक्षक टेर स्टेगनले सट बचाउने प्रयास गरेपनि उनको खुट्टामा लाग्दै बल पोस्टमा छिरेको थियो ।
२७ औं मिनेटमा बायर्नले अग्रता दोब्बर पार्यो । सर्ज जिनाब्रीले गोरेट्जकाको पासलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट फिनिस गरेपछि बायर्नले ३-१ को अग्रता लियो । लगत्तै लेवान्डोस्कीले बार्सिलोनाको डिफेन्सको गल्तिमा वन भर्सेस वनको स्थिति हुँदापनि गोल गर्न सकेनन् ।

३१ औं मिनेटमा बायर्नले अर्को गोल थप्दै ४-१ को अग्रता बनायो । जोशुआ किम्मिचले दायाँ विंगबाट गरेको क्रसलाई मुलरले ६ यार्ड बक्सभित्रबाट पहिलो टचमा नै गोलरक्षक टेर स्टेगनलाई बिट गर्न सफल भए । ३९ औं मिनेटमा लेवान्डोस्कीको हेडरलाई टेर स्टेगनले सहजै बचाए ।
यस खेलमा जित हासिल गर्ने टोलीले सेमिफाइनलमा म्यानचेस्टर सिटी र लियोनबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि पेरिस सेन्ट जर्मेन (पीएसजी) र आरबी लाइप्जिगले अन्तिम चारमा एक अर्कासँग भिडन्त पक्का गरिसकेका छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]