5 years ago
August 23, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग अन्तर्गत शनिबारको दोस्रो खेलमा जमैका तलावाज र गुयाना एमेजन वारियार्स भिड्दैछन् । नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैकाले पहिलो फिल्डिङ गर्दैछ ।

टस जितेर जमैकाका कप्तान रोभमान पावेलले फिल्डिङ रोजेका हुन् । जमैकाका लागि टोलीमा दुई परिवर्तन भएको छ । तीव्र गतिका बलर ओसेन थोमस र क्रुमा बोनर टोलीमा समावेश भएका छन् । यी दुईसँगै सन्दीप, मुजिब उर रहमान र फिडेल एडवार्ड्सले बलिङ सम्हाल्नेछन् ।
गुयानाका कप्तान क्रिस ग्रिनले पनि टोलीमा एक परिवर्तन गरेका छन् । रोमारियो सेफर्डको स्थानमा एश्मिड नेड टोलीमा फर्केका छन् । दुवै टोलीले सुरुवाती २ खेलमा समान १ मा जित र हार बेहोरेका छन् ।
गुयाना पहिलो खेलमा ट्रीनबेगो नाइट राइडर्ससँग ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्र्स लाई ३ विकेटले हराएको थियो । यता जमैकाले पहिलो खेलमा सेन्ट लुसिया जुक्सलाई ५ विकेटले हराएपनि राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।
तलावाज : च्याडविक वाल्टन, ग्लेन फिलिप्स, रोभमान पावेल (कप्तान), आसिफ अली, कार्लोस ब्रेथवेट, आन्द्रे रसल, फिडेल एड्वार्ड्स, सन्दीप लामिछाने, मुजिब उर् रहमान, ओसेन थोमस, क्रुमा बोनर
एमेजन वारियार्स : ब्रेन्डन किङ, चन्द्रपाल हेमराज, शिम्रन हेटमायर, रस टेलर, निकोलस पुरन, सेर्फान रदरफर्ड, किमो पल, क्रिस ग्रिन (कप्तान), एस्मिड नेड, नविन उल हक, इमरान ताहिर
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]