December 15, 2024
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ । बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]
December 14, 2024
हिमाल खरेल, बिर्तामोड दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिकाले खेल्ने भएका छन् । आज प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । […]
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी ओलम्पियन संगिना वैद्यलाई शनिवार नगदसहित सम्मान गरेको छ । काठमाडौं महानगर स्थापनाको ३० औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेल मार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । संगीनालाई उपराष्ट्रपति रामसाहय प्रसाद यादवले १ लाख […]
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा हुने एफआइएच वर्ल्ड युथ हक्की फाइभ क्याम्प तथा फेस्टिबलमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली हक्की टोली आइतवार त्यसतर्फ जाने भएको छ । पुस २ देखि ६ गतेसम्म हुने क्याम्पमा सहभागी हुने खेलाडीमा अनुष्का थापा, रोनशकुमार यादव, सुदिप चौधरी, बन्दना भट्ट, सविना राजवंशी, विवेक विक, सुजल महर्जन, रोशन परियार, सुशान्त […]
December 14, 2024
काठमाडौं ( हाम्रो खेलकुद) – चेसका ओलम्पियाड सिन्दारा जोशी र पूजा भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) मा आइतवार सुरु हुने एसियन एमेच्योर चेस च्याम्पियनसिपमा भाग लिने भएका छन्। उनीहरु शनिवार त्यसतर्फ प्रस्थान गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ । युएई चेस फेडेरेशन र एशियन चेस फेडेरेशनबो तत्वावधानका अलएन चेस क्लब तथा माईण्ड गेमले आयोजना गरेको […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका अब ३ खेल बाँकी रहेको छ । आइतवार २ तथा सोमवार १ खेलसँगै एनपिएलको पहिलो संस्करणको लिग चरणका खेल सकिनेछ । बाँकी ३ मात्र खेलको नतिजाले प्लेअफमा पुग्ने ३ टोलीको टुंगो लाग्नेछ। त्यसका लागि दौडमा ४ टोली छन् । जनकपुर बोल्ट्सले प्ले अफमा […]
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पहिलो संस्करणको काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधि भारतको क्यालिकटले जितेको छ। घरेलु टोली नेपालको हेल्प नेपाल स्पोर्टस क्लबलाई ३-१ को सहज नतिजामा हराउँदै क्यालिकट उपाधि जित्न सफल भएको छ। क्यालिकटले लिग चरणको हारको बदला समेत लिएको छ। घरेलु टोली विरूद्ध सुरूवात राम्रो गर्यो। २५-२१ ले पहिलो सेट क्यालीकटले जित्यो। दोस्रो सेटमा […]
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष भलिबल टिमका पूर्व कप्तान इम राना मगरले अन्तर्राष्ट्रिय भलिबलबाट सन्न्यास लिएका छन्। काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा फाइनलमा दौरान इनले औपचारिक रुपमा अन्तर्राष्ट्रिय भलिबलबाट सन्न्यास लिएका हुन् । सन्न्यास लिने क्रममा इमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दमे इमलाई कोट लगाइदिदै, […]
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद )- इरान यु १८ काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा तेस्रो स्थान प्राप्त गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई सोझो सेटमा हराउँदै इरानी टोली तेस्रो भएको हो। लिगको चौथो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको क्लब एचडिसीले इरानको युवा टोलीलाई कडा चुनौती दियो। तर जित निकाल्न भने सकेन। […]