2 hours ago
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ।
चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए।
लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
पहिलो गोलमा सहयोग गरेका गुस्टोले ४५औँ मिनेटमा आफैं गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए। त्यसअघि एभर्टनले बराबरी गर्ने केही अवसर पाए पनि उपयोग गर्न सकेन।
दोस्रो हाफमा एभर्टनले फर्कने प्रयास गरे पनि गोल गर्न सकेन। खेलको अन्त्यतिर इलिमान एनडियाएले प्रहार गरेको बल पोस्टमा लागेर फर्किएको थियो।

यो जितसँगै चेल्सी तालिकाको चौथो स्थानमा उक्लिएको छ। चेल्सी एभर्टनभन्दा ४ अंकले अगाडि । एभर्टन आठौँ स्थानमा झरेको छ।
लिभरपुलको सफलता
हुगो एकिटिकेले २ गोल गरेपछि लिभरपुलले घरेलु मैदान एनफिल्डमा ब्राइटन एन्ड होभ एल्बियनलाई २–० ले हराएको छ। यस खेलमा टोलीमा फर्किएका मोहम्मद सलाहले एक गोलमा असिस्ट दिए।
खेल सुरु भएको ४६ सेकेन्डमै एकिटिकेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। यो गोल २०२५/२६ सिजनको प्रिमियर लिगकै सबैभन्दा छिटो गोल हो।
मंगलबार च्याम्पियन्स लिग खेलमा नखेलेका सलाह यो खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। उनी २६औँ मिनेटमा घाइते जो गोमेजको स्थानमा खेलेका हुन्। त्यसपछि उनले कर्नरबाट पास दिँदा एकिटिकेले ६० औं मिनेटमा हेडरमार्फत दोस्रो गोल गरेका थिए।
खेलमा ब्राइटनले केही अवसर पाए पनि गोल गर्न सकेन। सलाहले पनि अन्त्यतिर गोल गर्ने मौका गुमाए। यो जितसँगै लिभरपुल २६ अंकसहित लिग तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। ब्राइटनभन्दा लिभरपुल ३ अंक र ३ स्थानले अगाडि छ।

December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]