4 years ago
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर सोनु अन्सारीको शतकमा प्रदेश १ ले काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । प्रदेश १ ले प्रदेश २ लाई ७ विकेटले हराउँदै शीर्ष स्थान कायमै राखेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश दुई ४८.२ ओभरमा २ सय ११ रनमा अल आउट भएको थियो । प्रदेश २ का कप्तान विवेक यादवको ७१ बलमा ४ चौका र ६ छक्का ७० रनको उत्कृष्ट इनिङ्सका बाबजुद भयो । ओपनर रोहन विकले ५९ बलमा ६ चौका र २ छक्कासहित ४७ रनमा आउट भए । सन्तोष कार्की ११, तृतराज दास ८, आशिष झा ५ र गुलशन झा १ रनमा आउट भए ।
अमित यादव ११, आदिल अन्सारी १३, साम्सद मानसुरीले १६ रन बनाए । ६० बल खेलेका प्रदीप पासवानले १ चौका सहित १० रन बनाए । प्रदेश नम्बर १ का दीपेश कडेलले १० ओभरमा २ मेडन सहित ४४ रन खर्चेर ३ विकेट लिए । अर्का स्पिनर गौरव कटवालले ८ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । दीपक जोशीले २ र अभिनय राजवंशीले १ विकेट लिए ।
जवाफमा प्रदेश नम्बर १ ले ४४.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । प्रदेश १ को जितमा ओपनर सोनु अन्सारीले १ सय ४५ बलमा १४ चौका र ३ छक्का सहित १ सय १९ रनको अविजित इनिङ्स खेले । सोनुले साम्सद मानसुरीलाई ४० औं ओभरको पहिलो बलमा चौका प्रहार गर्दै शतक पूरा गरेका थिए । सोनु सुदूरपश्चिम प्रदेशका अर्जुन साउदपछि शतक प्रहार गर्ने यस प्रतियोगिता दोस्रो खेलाडी हुन् । उनले १ सय २३ बलमा शतक पूरा गरेका थिए ।
दीपेश कंडेलले ५३ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा आउट भए । विवेक मेहता २९ रनमा ४ चौका २९ रनमा अविजित रहे । ओपनर अंकित सुवेदी १४ र लव कामत ९ रनमा आउट भए । प्रदेश २ का विवेक यादव, प्रदीप पासवान र तृतराज दासले १–१ विकेट लिए ।
प्रदेश १ ले पहिलो खेलमा बागमतीलाई २६ रन र दोस्रो खेलमा कर्णालीलाई ७६ रनले हराएको थियो । प्रदेश २ ले पहिलो खेलमा सुदूरपशिमचलाई २ विकेटले हराएको थियो । प्रदेश १ ले मंसिर १३ मा लुम्बिनी प्रदेशसँग खेल्नेछ । प्रदेश २ ले मंसिर १२ मा बागमतीसँग खेल्नेछ ।
July 10, 2025
एजेन्सी – घरेलु टोली श्रीलंकाले पाहुना टोली बंगलादेशलाई पहिलो टि ट्वान्टी आई खेलमा पराजित गरेको छ । बिहिबार राती सम्पन्न खेलमा श्रीलंकाले बंगलादेशलाई ७ विकेटले हराएको हो । जितसँगै घरेलु टोलीले ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । १ सय ५५ रनको लक्ष्य श्रीलंकाले १९ ओभरमा ३ विकेट गुमाएर पूरा […]
July 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । क्लोथिङ ब्राण्ड डेनिम एण्ड डेभिलका तर्फबाट सिइओ धनश्याम काफ्ले र सन्दीपले बिहीवार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अवधी ३ वर्षको रहेको सिइओ काफ्लेले जानकारी दिए । सम्झौताको आर्थिक पाटो भने दुवै पक्षले खुलाएको […]
July 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाइ काठमाडौं गोर्खाजको प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको लागि काठमाडौंले देसाइलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको आफ्नो सामाजिक संजालमार्फत जनाएको छ । एनपिएलको पहिलो संस्करणमा बसन्त शाही ठकुरी काठमाडौंको प्रमुख प्रशिक्षक थिए । काठमाडौंका नवनियुक्त मुख्य […]