default_image

4 years ago

January 9, 2022

प्रधानमन्त्री कपमा खेलाडीलाई १५ सय म्याच फि

297 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले सोमबारवाट सुरुहुने प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा खेलाडीलाई १ हजार ५ सय म्याच फि दिने भएको छ ।

क्यानका कोषाअध्यक्ष रोशन सिंहले आर्थिक नियमवाली तथा कार्यविधि अनुसार टि२० राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीलाई १ हजार ५ सय म्याच फि दिने जनाएका छन् । उक्त म्याच फिमा क्यानले कुनैपनि खर्च नकटाउने सिंहले दाबी गरे ।

‘यसअघि केहि थिएन । आर्थिक नियमवाली अनुसार २०२२ देखि सबैमा लागु हुन्छ । उक्त नियमवाली बोर्डले पारित पनि गरिसकेको छ । बस्ने खाने व्यवस्था सबै क्यानले गर्दै १ हजार ५ सय म्याच फि पाउँछन्’, कोषाध्यक्ष सिंहले हाम्रो खेलकुदसँग भने ।

‘यातयात, खाना, बस्न लगायत केहिमा पनि १ हजार ५ सय फिबाट काटिदैन । हामीले पहिलो पटक विभागीय टोलीलाई पनि होटलमा राखेका छौं । विभागीय टोलीले पनि प्रदेश सरहनै सेवा सुविधा पाउँछन् । विभागीय टोलीले खेल्नको दिनको यातयातको पैसा पनि पाउनेछन्’, उनले भने । सिंहका अनुसार तीन विभायीय टोलीले स्थायिन यातयात खर्च पाउनेछन् । विभागीय र प्रदेशका टोलीमा अन्य समान सेवा सुविधा रहने छ ।

खेलाडीले पहिलो पटक यातयात, खाना बस्न सबै खर्च छाडेर म्याच फि १ हजार ५ सय पाउन लागेका हुन् । यो भन्दा पहिला खेलाडीहरुले म्याच फिबाट खाना बस्न खर्च कटाउँदै पैसा बचाउँथ्यो। अब हामीले राम्रो खाना बस्नको व्यवस्थापन गर्दै छुट्टै म्याच फि दिन लागेका छौं । यो खेलाडीको लागि पनि ठूलो कुरा हो । यो घरेलु क्रिकेटमा इतिहासमा पहिलो पटक हो’, सिंहले दाबी गरे ।

‘हामी खेलाडीको भावनालाई बुझेका छौं । हामी पनि खेलेको मान्छे हो । खेलाडीको पिडा थाहा छ । खेलाडीलाई हामी कुनैपनि सेवा सुविधामा कमी गर्दैनौं । हामीले खेल्दा दुई सय भत्ता पाउँथौं । त्यसैबाट खाना खान्थ्यौं । पैसा बचाएर खेलको आवश्यक लुगा किन्थ्यौं । अब हामी त्यसो हुन दिँदैनौं’, उनले भने ।

प्रधानमन्त्री कप पुष २६ देखि माघ ५ सम्म टियु र मुलपानी मैदानमा हुने छ । समूह ए मा साविक विजेता त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ छन् । समूह बी मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् । उद्धघाटन खेलमा आर्मी र कर्णालीबीच टियु मैदानमा हुनेछ । त्यसदिन टियुमै दोस्रो खेल एपिएफ र प्रदेश २ बीच हुनेछ ।

सोमबार मुलपानीमा पहिलो खेलमा पुलिस र सुदूरपश्चिम भिड्नेछन् । दोस्रो खेलमा बागमती र लुम्बिनी भिड्नेछन् । हरेक समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । दुबै सेमिफाइनल माघ ४ र फाइनल माग ५ मा हुनेछ ।

यसअघि प्रधानमन्त्री कप एकदिवसिय शैलीमा हुँदै आएपनि ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए लाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले टि२० शैलीमा गर्न लागेको हो । योसँगै ७ वर्षपछि नेपालमा टि२० राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछ ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.