4 years ago
January 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा शीर्षक्रमका ब्याटर ज्ञानेन्द्र मल्लको कप्तानीमा सोमबार देखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ ।

बागमतीको टोलीमा ज्ञानेन्द्रसँगै नेपाली टोलीका ओपनर सुवास खकुरेल, ईशान पान्डे, तीव्र गतिका बलर प्रतिश जिसी, नन्दन यादव र आक्रामक ब्याटर आदिल खान लगायतका खेलाडी टोलीमा छन् । सुमन सुनार, लक्की कडायत, सुवास खत्री र रोशन वि.क बागमतीको नयाँ अनुहारको रुपमा छन् । बागमतीको टोलीमा तीव्र गतिका बलर गौतम केसी र दीपेश श्रेष्ठ भने टोलीमा छैनन् ।
बागमतीको टोली :
ज्ञानेन्द्र मल्ल (कप्तान), सुवास खकुरेल (विकेटकिपर), नन्दन यादव, आदिल खान, लक्की खडायत, प्रतिश जि.सी., ईशान पाण्डे, रामनरेश गिरी, तिलकराज भण्डारी, रिजन ढकाल, सुमन सुनार, विपिन आचार्य, सुभास खत्री र रोशन विक ।

प्रशिक्षक रिकेश लामा
व्यवस्थापक – रुपक रञ्जित
बागमतीको खेल तालिका
पुष २६ (१० जनवरी) – लुम्बिनीसँग मुलपानी क्रिकेट मैदान (दिउँसो)
पुष २७ ( ११ जनवरी) – एपिएफसँग टियु मैदान, दिउँसो
पुष ३० (१४ जनवरी) – प्रदेश २ सँग, टियु (दिउँसो)
माघ १ (१५ जनवरी) – गण्डकीसँग टियु मैदान, दिउँसो
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]