default_image

4 years ago

January 10, 2022

नारायण र आदित्यको घातक बलिङसँगै पुलिस सस्तैमा समेटियो

284 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यगतिका बलिङ अलराउन्डर नारायण जोशी र स्पिनर आदित्य महता घातक बलिङसँगै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९४ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन मात्र बनाउन सक्यो ।

पुलिसका ओपनर कुशल भुर्तेलले ३८ बलमा १ छक्कासहित सर्वाधिक २१ रन बनाए । नारायणले पुलिसको शीर्षक्रम धरासय बनाएका थिए । ओपनर पवन सरार्फलाई छैटौं ओभरको पाँचौं बलमा नारायणले शेर मल्लबाट २० रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए ।

पवनले १६ बलमा ४ चौका प्रहार गरे । नारायणले दीपेन्द्रलाई ७ रनमा बोल्ड आउट गरे । १२ औं ओभरको दोस्रो बलमा अनिल शाहलाई पाँच रनमा एलबीडब्लू आउट गरेपछि पुलिस ५८–३ को अवस्थामा पुगेको थियो ।

ओपनर कुशल भुर्तेललाई शेर मल्लले वसन्त कार्कीबाट २१ रनमा क्याच गराए । ३८ बलमा कुशलले १ छक्का प्रहार गरे । त्यसपछि आदित्य महताले पुलिसको मध्यक्रम ध्वस्त बनाएका थिए । आदित्यले दीलिप नाथलाई १, आसिफ शेखलाई १० र अन्जित श्रेष्ठलाई ५ रनमा क्याच गराएपछि पुलिस ८२–८ को अवस्थामा पुगेको थियो ।

ओपनर कुशल भुर्तेल र पवन सरार्फले पहिलो विकेटका लागि ५.५ ओभरमा ३८ रनको सुरुवात दिलाउँदै राम्रो सुरुवात दिलाएका थिए । तर बाँकी ४४ रन जोड्न ८ विकेट गुमाएपछि पुलिस संकटमा पुगेको थियो ।

सुदूरपश्चिमका नारायण जोशीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । आदित्य महताले ३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । शेर मल्लले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.