4 years ago
January 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई १ सय १७ रनको सामान्य विजयी लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आर्मी १९.१ ओभरमा १ सय १६ रनमा अल आउट भयो ।

आर्मीका कप्तान विनोद भण्डारीले १७ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक २९ रन बनाए । हरि चौहानले २१ बलमा ३ चौकासहित २० रन बनाए । अन्य कुनैपनि ब्याटरले रन बनाउन सकेनन् । आर्मी सोनु तामाङ क्रिजमा नआई रिटायर्ट हर्ट भएका थिए ।
ओपनर सोमपाल कामी १५ बलमा ९ रन, रोहित कुमार पौडेल र कुशल मल्ल १०–१० रन बनाए । तल्लोक्रमका राजेश पुलामी मगर २, विक्रम सोब १, सुशान भारी ८, साहव आलम ९ र जितेन्द्र मुखियाले ८ रन बनाए ।
सुदूरपश्चिमका प्रकाश जैशीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अनुज चनाराले ३.१ ओभरमा १ मेडन सहित २२ रन खर्चेर २ विकेट लिए । दीनेश अधिकारी, रविन्द्रजंश शाही र राज शाहले १–१ विकेट लिए ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]