4 years ago
January 10, 2022
एजेन्सी – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बिग ब्यास लिग २०२१/२२ को ४४ औं खेलमा सिड्नी थन्डरविरुद्ध विकेट विहीन बनेका छन् । सन्दीप सम्मिलित होबार्ट हरिकेन्स सिड्नी थन्डरसँग ९ विकेटले पराजित भएको छ ।

१ सय ४० रनको विजयी लक्ष्य पछ्याएको सिड्नीले १७.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । सिड्नीको जितमा एलेक्स हेल्सले ५६ बलमा ११ चौका र १ छक्कासहित ८० रनमा अविजित रहे । कप्तान ज्यासन संघाले ३१ बलमा १ चौका र १ छक्कासहित ३५ रनमा अविजित रहे । सन्दीप लामिछानेले ३.२ ओभरमा २१ रन खर्चे पनि विकेट लिन सकेनन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको होबार्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । होबार्टका बेन म्याकडर्मोट ३४ बलमा ३ चौका र १ छक्कासहित ३८ रन बनाए । डार्सी शर्टले २४ बलमा ३ चौका २९ रन बनाए । पिटर ह्वान्डस्कम्ब २१, टिम डेविड र जोर्डन थोम्पसनले १५–१५ रन बनाए । नाथन म्याकएन्ड्रयु र गुरिंदर सन्धुले २–२ विकेट लिए ।
सन्दीपको प्रदर्शन
सन्दीपले छैटौं ओभरमा चार रन खर्चिदै राम्रो सुरुवात गरेका थिए । पहिलो बल हेल्स र दोस्रो बलमा संघालाई एक एक रन दिए । तेस्रो र चौथो बलमा सन्दीपले डट राखे । पाँचौं र छैटौं बलमा सन्दीपले एक एक रन खर्चिएका थिए ।
सन्दीपले आठौं ओभरमा नौं रन खर्चिए । पहिलो बल संघालाई डट राखेपनि दोस्रो बलमा दुई र तेस्रो बलमा एक रन खर्चिए । चौथो बलमा एलेक्स हेल्सलाई चौका प्रहार गरे । पाँचौं बल सन्दीपले डट राख्दा अन्तिम बलमा दुई रन दिए ।
दशौं ओभरमा सन्दीपले पाँच रन खर्चिए । १८ औं ओभरको पहिलो बल डट राख्दा दोस्रो बलमा संघाले सन्दीपलाई चौका प्रहार गर्दै खेल जिताए ।
जारी बिग ब्यासमा सन्दीपको प्रदर्शन
सन्दीप जारी बिग ब्यासमा ११ खेलमा १० विकेट लिएका छन् । पाँच खेलमा विकेट विहीन बनेका हुन् । पहिलो खेलमा सिड्नी सिक्सर्ससँग १ विकेट लिएका थिए । सन्दीप दोस्रो खेलमा सिक्सर्ससँगनै विकेट विहीन बनेका थिए । तेस्रो खेलमा पर्थ स्कोचर्ससँग १ विकेट लिँदा चौथो खेलमा पर्थ स्कोचर्सविरुद्ध ४ ओभरमा ३९ रन खर्चेपनि विकेट लिन सकेका थिएनन् ।

मेलबर्न स्टार्ससँग ४ ओभरमा ३२ र पर्थ स्कोचर्ससँग ४ ओभरमा ३९ रन खर्चिदा लगातार विकेट विहीन बनेका थिए । सन्दीपले एडिलेड स्ट्राइकर्सविरुद्ध ३ ओभरमा ३१ रन खर्चेपनि विकेट लिन सकेका थिएनन् । मेलबर्न रेनेगड्सविरुद्ध सन्दीपले ३।५ ओभरमा ३२ रन खर्चेर तीन विकेट लिएका थिए ।
ब्रिसबेन हीटविरुद्ध ४ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका थिए । नवौं खेलमा सन्दीपले एडिलेड स्ट्राइकर्सविरुद्ध ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिएका थिए । दशौं खेलमा सन्दीपले ब्रिसबेन हीटसँग ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका थिए । होबार्टले अव १३ जनवरीमा सिड्नी थन्डरसँगनै खेल्नेछ । होबार्ट ११ खेलमा ५ मा जित र ६ मा हार सहित चौथो स्थानमा छ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]