4 years ago
January 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ अलराउन्डर आरिफ शेखको घातक बलिङको सहयोगमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि २ रनको रोमान्चक जित हात पारेको छ ।

९४ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन बनायो । अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा करण केसीले चार डट बल राख्दै पुलिसलाई रोमान्चक जित दिलाए । करणले पहिलो बल डट र दोस्रो बलमा हेमन्त धामीलाई एक रन दिए । तेस्रो बल डट राख्दा चौथो बलमा विकाश आग्रीलाई दुई रन दिए । बाँकी दुई बलमा तीन रन चाहिँएको अवस्थामा करणले लगातार डट राख्दै जित पक्का गराए ।
सुदूरपश्चिम प्रदेशका ओपनर गजेन्द्र बोहराले २५ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए । नारायण जोशीले १५ बलमा २ चौका र २ छक्कासहित २२ रन बनाए । खडक बोहराले ३५ बलमा १ चौकासहित १३ रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । सुदूरका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मध्य गतिका बलर आरिफ शेखले ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । करण केसी, दीपेन्द्रसिंह ऐरी र पवन सरार्फले १–१ विकेट लिए ।त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन बनाएको थियो
पुलिसका ओपनर कुशल भुर्तेलले ३८ बलमा १ छक्कासहित सर्वाधिक २१ रन बनाए । नारायणले पुलिसको शीर्षक्रम धरासय बनाएका थिए । ओपनर पवन सरार्फलाई छैटौं ओभरको पाँचौं बलमा नारायणले शेर मल्लबाट २० रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए ।

पवनले १६ बलमा ४ चौका प्रहार गरे । नारायणले दीपेन्द्रलाई ७ रनमा बोल्ड आउट गरे । १२ औं ओभरको दोस्रो बलमा अनिल शाहलाई पाँच रनमा एलबीडब्लू आउट गरेपछि पुलिस ५८–३ को अवस्थामा पुगेको थियो ।
ओपनर कुशल भुर्तेललाई शेर मल्लले वसन्त कार्कीबाट २१ रनमा क्याच गराए । ३८ बलमा कुशलले १ छक्का प्रहार गरे । त्यसपछि आदित्य महताले पुलिसको मध्यक्रम ध्वस्त बनाएका थिए । आदित्यले दीलिप नाथलाई १, आसिफ शेखलाई १० र अन्जित श्रेष्ठलाई ५ रनमा क्याच गराएपछि पुलिस ८२–८ को अवस्थामा पुगेको थियो ।
ओपनर कुशल भुर्तेल र पवन सरार्फले पहिलो विकेटका लागि ५।५ ओभरमा ३८ रनको सुरुवात दिलाउँदै राम्रो सुरुवात दिलाएका थिए । तर बाँकी ४४ रन जोड्न ८ विकेट गुमाएपछि पुलिस संकटमा पुगेको थियो ।
सुदूरपश्चिमका नारायण जोशीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । आदित्य महताले ३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । शेर मल्लले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।
पुलिसले मंगलबार विहान टियु मैदानमा आर्मीसँग खेल्नेछ । पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले हराउँदै विजयी सुरुवात गरेको छ । सुदूरपश्चिमले विहीबार कर्णालीसँग खेल्नेछ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]