default_image

4 years ago

January 21, 2022

‘हामी परिवार हौं र देशको लागि खेल्नेछौं’ – कप्तान सन्दीप

307 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले क्रिकेट टोली एक परिवार रहेको र सधैं देशको लागि खेल्ने अभिव्यक्ति दिएका छन् ।

शुक्रबार राती त्रिभुवन विमानस्थलमा ओर्लेपछि कप्तानको रुपमा पहिलो सार्वजनिक अभिव्यक्ति दिने क्रममा सन्दीपले राष्ट्रिय टोलीका लागि सबैले एकजुट भएर खेल्ने प्रतिवद्धता जाहेर गरे । अष्ट्रेलियाको बिग ब्यास लिग खेलेर फर्किएका सन्दीपले राष्ट्रिय टोली सधैं आफ्नो प्राथमिकता रहेकाले नै अष्ट्रेलियामा प्लेअफका खेल छोडेर नेपाल आएको बताए ।

हेर्नुहोस सन्दीपले के भने :

सन्दीप केही दिन विश्रामपछि राष्ट्रिय टोली प्रशिक्षणमा समावेश हुनेछन् । क्यानले घोषणा गरेको १६ सदस्यीय टोली बायो बबलसहितको होटेलमा प्रशिक्षण क्याम्पको लागि जम्मा भइसकेको छ । सन्दीप पिसिआर परिक्षण लगाएत प्रक्रिया पूरा गरेर प्रशिक्षणमा सामेल हुनेछन् ।

अघिल्लो महिना नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ललाई अनुशासनको कारण देखाउँदै पदमुक्त गर्दा सन्दीपलाई कप्तानीमा नियुक्त गरेको थियो । नेपालले सन्दीपको कप्तानीमा १६ सदस्य टि२० विश्वकप छनोट खेल्ने टोली घोषणा गरेको छ ।

सन्दीपबिनाको होबार्ट एलिमिनेटर खेलमा शुक्रबार एडिलेड स्ट्राइकर्ससँग पराजित भइसकेको छ । सन्दीपले यस सिजन १४ खेलमा ५४.१ ओभर बलिङ गर्दै ४ सय २२ रन खर्चेर कुल १४ विकेट लिएका थिए । जसमा उत्कृष्ट प्रदर्शन ३–३२ थियो । गत सिजन सन्दीपले होबार्टबाटै खेलेका थिए ।

त्यसअघिका दुई सिजन भने सन्दीपले मेलबर्न स्टार्सबाट खेलेका थिए । नेपाल फेब्रुअरी पहिलो साता ओमान जाने सम्भावना छ । अघिल्लो महिना नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ललाई अनुशासनको कारण देखाउँदै पदमुक्त गर्दा सन्दीपलाई कप्तानीमा नियुक्त गरेको थियो । नेपालले सन्दीपको कप्तानीमा १६ सदस्य टि२० विश्वकप छनोट खेल्ने टोली घोषणा गरेको छ ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.