default_image

4 years ago

January 30, 2022

अलीको उत्कृष्ट अलराउन्ड प्रर्दशनसँगै इंग्ल्यान्डको आशा कायमै

195 views

0 Bookmark

एजेन्सी – कार्यवाहक कप्तान मोईन अलीको उत्कृष्ट अलराउन्ड प्रर्दशनमा इंग्ल्यान्डले वेस्टइन्डिजलाई चौथो टि२० आई खेलमा ३४ रनले पराजित गरेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिज २–२ को बराबरी अवस्थामा पुगेको छ ।

१ सय ९४ रनको बलियो विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाउन सक्यो । वेस्टइन्डिजका ओपनर काइल मेयर्सले २३ बलमा २ चौका र ४ छक्कासहित ४० रनको सर्वाधिक योगदान दिए ।

ओपनर ब्रेन्डन किंग २६, विकेटकिपर निकोलस पुरन २२ र रोभम्यान पावेल ५ रनमा आउट भए । जेसन होल्डर २४ बलमा २ चौका र ३ छक्कासहित ३६ रनमा आउट भए । काइरन पोलार्ड १८ रनमा अविजित रहे ।

इंग्ल्यान्डकी मोईन अलीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । रोस टोपली, आदिल राशिद र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो ।

मोइन अलीले २८ बलमा १ चौका र ७ छक्कासहित ६३ रनको उत्कृष्ट कप्तानी इनिङ खेले । ओपनर जेसन रोय ४२ बलमा ५ चौका र ३ छक्कासहित ५२ रनमा आउट भए ।

टम ब्यान्टन ४, जेम्स भिन्स ३४, लियाम लिभिङस्टोन १६ र साम विलिंग्सले १३ रन बनाए । वेस्टइन्डिजका जेसन होल्डरले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । पाँचौं तथा निर्णायक खेल सोमबार विहान हुनेछ ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.