default_image

4 years ago

January 30, 2022

यू–१९ विश्वकप : सेमिफाइनल समिकरण पूरा

435 views

0 Bookmark

एजेन्सी – वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ । चौथो तथा अन्तिम क्वाटरफाइनलमा भारतले साविक विजेता बंगलादेशलाई ५ विकेटले हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो ।

सेमिफाइनलमा अष्ट्रेलिया, भारत, अफगानिस्तान र इंग्ल्यान्ड गरि चार टोलीले स्थान बनाएका छन् । पहिलो सेमिफाइनलमा मंगलबार इंग्ल्यान्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । बुधबार दोस्रो सेमिफाइनलमा भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो क्वाटरफाइनलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जितका साथ सेमिफाइनलमा स्थान पक्का गर्यो ।

दोस्रो क्वाटरफाइनलमा श्रीलंकालाई चार रनले स्तब्ध पार्दै अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाएको हो । अफगानिस्तान पहिलो पटक फाइनल खेल्ने सोचमा हुनेछ । तेस्रो क्वाटरफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई १ सय १९ रनको फराकिलो अन्तरले हराउँदै सहजै सेमिफाइनलमा स्थान बनायो । चौथो तथा अन्तिम क्वाटरफाइनलमा भारतले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

भारत यू–१९ विश्वकपमा सर्वाधिक सफल टोली हो । भारतले २०००, २००८, २०१२ र २०१८ मा गरि चार पटक यू–१९ विश्वकप उपाधि जितेको छ । त्यसपछि अष्ट्रेलिया १९८८, २००२ र २०१० मा यू–१९ विश्पकप च्याम्पियन बनेको थियो । पाकिस्तानले २००४ र २००६ मा लगातार यू–१९ विश्वकपकको उपाधि जितेको थियो । बंगलादेश, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इंग्ल्यान्डले एक एक पटक यू–१९ विश्वकपको उपाधि जितेका छन् ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.