4 years ago
January 31, 2022
एजेन्सी – मध्य गतिका बलर जेसन होल्डरको कीर्तिमानी ह्याट्रिकको सहयोगमा वेस्टइन्डिजले इंग्ल्यान्डसँग पाँच टि२० आई खेलको सिरिज ३–२ ले जितेको छ । सोमबार विहान पाँचौं तथा अन्तिम खेलमा होल्डरले लगातार चार बलमा चार विकेट लिएसँगै वेस्टइन्डिजले इंग्ल्यान्डलाई १७ रनले हराउँदै सिरिज जितेको हो ।

१ सय ८० रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९.५ ओभरमा १ सय ६२ रनमा अल आउट भयो । इंग्ल्यान्डका जेम्स भिन्सले ३५ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५५ रन बनाए । इंग्ल्यान्डलाई जितको लागि अन्तिम ६ बलमा २० रन चाहिँएको थियो । पहिलो बलमा होल्डरले नो बल सहित दुई रन दिए । अर्को बल डट राखे । त्यसपछि होल्डरले लगातार चार विकेट लिँदै जित पक्का गराए ।
दोस्रो बलमा क्रिस जोर्डनलाई वैकल्पिक फिल्डर हेडेन वाल्श जुनियरबाट ७ रनमा क्याच गराए । तेस्रो बलमा साम विलिंग्स डिप मिडविकेटमा वाल्शबाटनै ४१ रनमा क्याच आउट भए । चौथो बलमा आदिल राशिदलाई क्याच गराउँदै वेस्टइन्डिजबाट टि२० आईमा ह्याट्रिक लिने होल्डर पहिलो खेलाडी बने ।
पाँचौं बलमा होल्डरले सकिब मोहम्मदलाई बोल्ड गर्दै लगातार चार बलमा चार विकेट लिएका थिए । टि२० आई इतिहासमा लगातार चार विकेट लिने उनी चौथो बलर हुन् । यसअघि अफगानिस्तानका राशिद खान, श्रीलंका लासिथ मलिङ्गा र आयरल्यान्डका कर्टिस क्याम्फरले लगातार चार विकेट लिएका थिए ।

विलिंग्सले २८ बलमा १ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । ओपनर जेसन रोय ८ र टम ब्यान्टन १६ रनमा आउट भए । मोईन अली १४, लियाम लिभिङस्टोन ६ र फिल साल्ट ३ रनमा आउट भए । होल्डरले २.५ ओभरमा ५ विकेट लिए । स्पिनर अकिल हुसैनले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । कप्तान काइरन पोलार्डले २५ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ४१ रनमा अविजित रहे ।
रोभम्यान पावेल १७ बलमा १ चौका र ४ छक्कासहित ३५ रनमा अविजित रहे । ओपनर ब्रेन्डन किङ ३१ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । अर्का ओपनर काइल मेयर्स १९ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए । रोमारियो शेफर्ड ६ र निकोलस पुरन २१ रनमा आउट भए ।

इंग्ल्यान्डका स्पिनर आदिल राशिद र लियाम लिभिङस्टोनले २–२ विकेट लिए । वेस्टइन्डिज पहिलो खेलमा ९ विकेटले विजयी हुँदा दोस्रो खेलमा १ रनले पराजित भएको थियो । तेस्रो खेलमा वेस्टइन्डिज २० रनले विजयी हुँदा चौथो खेलमा ३४ रनले पराजित भएको थियो । ३७ रन बनाउनुको साथै १५ विकेट लिएका होल्डर खेलको प्लेयर अफ द सिरिज र म्याच दुवै चुनिए ।
वेस्टइन्डिजले अव तीन ओडिआई र तीन टि२० आई सिरिजको लागि भारत भ्रमण गर्नेछ । पहिलो ओडिआई ६ फेब्रुअरीमा हुनेछ । इंग्ल्यान्डले मार्चमा वेस्टइन्डिजसँग तीन टेस्ट सिरिज खेल्ने कार्यक्रम छ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]