default_image

4 years ago

January 31, 2022

‘हाम्रो मुख्य लक्ष्य पहिला एसोसियटको शीर्ष टोली’ – सन्दीप

279 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपालको पहिला मुख्य लक्ष्य एसोसियटमा शीर्ष टोली हुनुपर्ने बताएका छन् । सोमबार भर्चुअल (जुम) मार्फत पत्रकारसँगको कुराकानीमा सन्दीपले टि२० विश्वकप तयारी, हाल टोलीको अवस्था लगायत विभिन्न विषयमा जानकारी दिएका छन् ।

‘यदि हामी भोली गएर ठूला देश वा उच्च स्तरको क्रिकेट खेल्न चाहन्छौं भने आउने जतिपनि खेलहरु हुन्छ त्यो जित्न निकै महत्वपूर्ण छ । जित र हार एक दुई पटक हुन्छ । अहिलेका लागि पहिला हाम्रो मुख्य लक्ष्य एसोसियट देशको उत्कृष्ट हुनुपर्ने हुन्छ । जुन तरिकाले अहिलेको समयमा भारतले हार्दा अरुटिमलाई दुःख लाग्न सक्छ । त्यसरीनै नेपालले हार्दा अरु टिमहरुलाई दुःख लागोस । एउटा त्यो स्तरमा पुर्याउन चाहना छ । सबैजना क्षमतावान् हुनुन्छ’ , उनले भने ।

‘ चार दिनदेखि मैदान जान पाएको छैन । मैदानमा गएर बलिङ र ब्याटिङ गर्न पाएमा सजिलो हुन्छ जस्तो लाग्छ । पाँच ६ जना कोभिडले गर्दा संघर्ष गरेका छौं । आशा गरौं प्रतियोगिता जानु भन्दा धेरै अगाडि ठिक हुन्छौं । त्यसपछि चार पाँच दिनको अभ्यास र तीन खेलले छनोटमा जादा थप अनुभव ल्याउने छ’ , सन्दीपले भने । त्यसैमा सन्दीपले थपे, ‘ मेरो लागि मात्र नभएर सबैजनाको लागिनै विश्वकपमा छनोट हुन त्यतिनै महत्वपूर्ण छ । देशको लागि नेतृत्व गर्ने मेरो लागि एउटा राम्रो अवसर छ । नेपालमा अझैं पनि धेरै गर्न बाँकी छ । यो प्रतियोगिता सबै खेलाडीको लागि महत्वपूर्ण छ ।’

कप्तानी भूमिका पाएपछि साँच्चै भन्दा मलाई त्यस्तो कुनै कठिन भने भएको छैन । सबैजना चिनेको र धेरै समयदेखि सँगैखेलि राखेको हुनुन्छ । मेरो योजना गर्ने तरिका फरक हुनसक्छ । तर मैले वहाँहरुको पनि योजना सुन्नुपर्छ । हाम्रो उत्कृष्ट सम्भावना के हुनसक्छ भनेर जति छिटो निर्णय गर्न सक्यौ त्यतिनै सबैको लागि सजिलो हुनेछ, उनले भने । यदि दबाब जति हुन्छ त्यतिनै राम्रो हुन्छ । जति धेरै दबाबमा मैले आफूलाई प्रमाणित गर्न सके भने र खेलाडीहरुले गर्न सके हामी तल खसेको अवस्थाबाट पनि उठ्न सक्छौं, त्यसमा थपे ।

‘टि२० विश्वकप २०१४ ले म लगायत धेरैमा मेरो देशको लागि प्रतिनिधित्व गर्नु छ भनेर एउटा उर्जा लिएर आएको थियो । म ठूलो भएर नेपाली क्रिकेटको लागि जति हुनसक्छ योगदान दिन चाहन्छु । त्यहिँ वातावरण हामीले अघि लिएर जानुपर्ने हुन्छ । यहाँ सम्म आउनुमा मेरो लागि गर्वको कुरा हो । हामी विश्वकपमा पुग्छौं र त्यहाँ गएर पनि राम्रो गर्ने छौं भने पक्कैपनि नेपाली क्रिकेटको लागि राम्रो संकेत हुनेछ’, सन्दीपले भने ।

‘ टोलीमा सिनियर खेलाडी हुनु हाम्रो लागि एउटा राम्रो कुरा हो । मेरो लागि कप्तानी देशको लागि नयाँ अनुभव हुनेछ । यति बेला ज्ञानेन्द्र मल्लदाई, शरद दाई सबैजनाको अनुभव मान्य हुन्छ । वहाँहरुसँग योजना गर्न पाउछु । वहाँहरुलाई केहि लाग्न सक्छ । सबैजनाहरु मिलेर एउटा राम्रो नतिजा ल्याउनु पर्छ । म कप्तान भएपनि अरुहरुको विचार हुनसक्छ । हामीले सबैको विचारलाई सम्मान गर्दै अघि बढ्नुपर्ने आवश्यक छ, सन्दीपले भने ।’

‘ब्याटिङ र अलराउन्डर पक्ष राम्रो छ । स्पिनरहरु पनि त्यतिनै राम्रो हुनुन्छ । पक्कैपनि हामीले सोमपाल कामीलाई मिस गर्ने छौं । किनभने वहाँ चोटको कारण टोलीमा हुनुन्न । वहाँ वाहेक पनि चार पाँच जना बलियो तीव्र गतिका बलर हुनुन्छ । मलाई लाग्छ शीर्ष दुई स्थान बनाउन खाज्छौं । कप्तानको रुपमा टिमलाई लिएर खुसी छु, उनले भने ।’

नेपालले विश्वकप अघि ओमान, आयरल्यान्ड र युएईसँग टि२० आई खेल खेल्नेछ । त्यसमा सन्दीपले सबैलाई समान अवसर दिने र त्यसबाट आफ्नो उत्कृष्ट ११ छान्ने बताए । नेपाली क्रिकेट टोली फेब्रुअरी तेस्रो सातादेखि ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को तयारीमा छ । नेपाल माघ अन्तिममा ओमानतर्फ जानेछ ।

विश्वकप छनोट बारे सम्पूर्ण जानकारीको लागि यो पढ्नुहोस् : टि२० विश्वकप छनोट : उद्धघाटनमा नेपाल र ओमान भिड्ने

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.