4 years ago
February 1, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनको लागि नेपालबाट सन्दीप लामिछाने मात्र छनोट भएका छन् । नेपालबाट १५ खेलाडीले अक्सनमा नाम दर्ता गराएपनि सन्दीपमात्र मेगा अक्सनको लागि छनोट भएका हुन् ।

सन्दीप बाहेक नेपालबाट आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित कुमार पौडेल, सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएका थिए ।
२०२० को अक्सनमा दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी, अलराउन्डर करण केसी, सोमपाल कामी, स्पिनर सन्दीप लामिछाने, कुशल मल्ल, ब्याट्सम्यान शरद भेषावकर र अभिनास बोहराले नाम दर्ता गराएपनि अक्सनमा गएका थिएनन् । अक्सनमा नाम दर्ता सम्बन्धित क्रिकेट बोर्डमार्फत हुने गर्दछ । तर सर्ट लिष्टमा परेमात्र अक्सनमा जाने गर्दछन् ।
सन्दीपले आफ्नो न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ) तोकेका छन् । सन्दीपलाई अक्सनमा कुनै टोलीले मूल्य लगाएको खण्डमा कम्तीमा ४० लाख भारु पाउने निश्चित हुनेछ । २०२१ मा सन्दीपले ४० लाख भारुनै अक्सनमा राखेपनि विक्न सकेका थिएनन् ।
सन्दीपलाई २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो । त्यससिजनमा दिल्ली लिगबाट बाहिरिएपछि अन्तिम तीन खेल खेल्दै ५ विकेट लिएका थिए ।

२०१९ मा दिल्लीले ६ खेलमा मौका दिँदा सन्दीपले ८ विकेट लिएका थिए । २०२० मा भने सन्दीपले मौका पाएनन् । २०२१ मा विक्न सकेनन् ।मेगा अक्सनमा कुल १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराएपनि सर्ट लिष्टमा ५ सय ९० खेलाडी मात्र परेका छन् । ३ सय ५५ अन क्याप्ड छन् । ३ सय ७० भारतीय र २ सय २० विदेशी खेलाडी छन् ।
अष्ट्रेलियाबाट ४७, अफगानिस्तानबाट १७, बंगलादेशबाट ५, इंग्ल्यान्डबाट २४, आयरल्यान्डबाट ५, न्युजिल्यान्डबाट २४, दक्षिण अफ्रिकाबाट ३३, श्रीलंकाबाट २३, वेस्टइन्डिजबाट ३४ र जिम्बावेबाट १ खेलाडी अक्सनमा सहभागी हुनेछन् । नामिबियाबाट ३, स्कटल्यान्डबाट २, नेपाल र अमेरिकाबाट १-१ खेलाडी छन् ।
१० टोलीले रिटेन मार्फत ३३ खेलाडी टोलीमा अनुबन्ध गरि सकेका छन् । आइपिएल अक्सन फेब्रुअरी १२ र १३ मा बेंगलोरमा हुने छ। यस सिजनदेखि आइपिएलमा १० टोलीको सहभागीता रहने छ ।
एक टोलीले बढीमा २५ खेलाडी राख्न पाउनेछन् । जसमा ८ विदेशी खेलाडी हुने छन् । १० विदेशी खेलाडी रिटेन भई सकेको अवस्थामा अव ७० विदेशी खेलाडी आइपिएल अक्सनमा विक्नेछन् । १० टोली हुँदा सन्दीपको सम्भावना छ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]