4 years ago
February 2, 2022
एजेन्सी – इंग्ल्यान्डले रोमान्चक र उच्च प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई हराउँदै २४ वर्षपछि यू-१९ विश्वकपको फाइनलमा पुगेको छ । वेस्टइन्डिजमा जारी यू-१९ विश्वकपको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हराउँदै दोस्रो पटक फाइनलमा स्थान बनाएको छ । इंग्ल्यान्डले फाइनलको खडेरी पनि तोडेको छ ।

डकवर्थ लेविस पद्धतिको आधारमा २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ४७ ओभरमा ९ विकेट गुमाउँदै २ सय १५ रन बनायो । अफगानिस्तानका अल्लाह नुरले ८७ बलमा ३ चौकार ३ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए । अफगानिस्तानलाई अन्तिम १२ बलमा जितको लागि १८ रन आवश्यक हुँदा हातमा ४ विकेट थियो । तर स्पिनर रेहान अहमदले तीन विकेट लिँदै एक रन मात्र खर्चेपछि अफगानिस्तानको पहिलो पटक फाइनल पुग्ने सम्भावना टाढिएको थियो ।
४६ औं ओभरको पहिलो बलमा नुर अहमदको क्याच ३० यार्ड सर्कलमा एलेक्स रेवले उत्कृष्ट क्याच लिएपछि इंग्ल्यान्डको आशा बलियो बनेको थियो । ओपनर नङ्गेलिया खरोटेलाई तेस्रो बलमै शून्यमै गुमाएपनि दोस्रो विकेटका लागि मोहम्मद ईशाक अल्लाह नुरल् ९३ रनको उत्कृष्ट साझेदारी गरेपछि एक समय अफगानिस्तान सहज जिततर्फ अघि बढेको थियो । तर मध्यक्रम धरासय बनेपछि इतिहास रच्न चुक्यो ।
मोहम्मद ईशाक ६५ बलमा ३ चौका र २ छक्कासहित ४३ रनमा रन आउट भए । अब्दुल हादी ६० बलमा १ चौका र १ छक्कासहित ३७ रनमा अविजित रहे । विवाल अहमद ३४ बलमा ६ चौकासहित ३३ र नुर अहमद २५ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । इंग्ल्यान्डका रेहान अहमदले ६ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । थोमस एस्पिनवालले २ विकेट लिए ।

त्यसअघि सर भिभियन रिचर्ड्स स्टेडियम नर्थ साउन्ड एन्टिगुआमा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ४७ ओभरमा ६ विकेट गुमाउँदै २ सय ३१ रन बनायो । इंग्ल्यान्डका युवा स्टार जर्ज बेलले ६७ बलमा ६ चौकासहित ५६ रनको अविजित इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिए ।
एक समय ३५.१ ओभरमा १३६–६ को कमजोर अवस्थामा पुगेको इंग्ल्यान्डलाई सातौं विकेटका लागि बेल र विकेटकिपर एलेक्स होर्टनले ९५ रनको उत्कृष्ट अविजित साझेदारीका साथ प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए । होर्टनले ३६ बलमा ५ चौका र १ छक्कासहित ५३ रनको आक्रामक इनिङ खेले । उनले अन्तिम ओभरमा नविद जद्रानलाई दुई चौका र एक छक्कासहित महत्वपूर्ण १९ रन जोडेका थिए ।
ओपनर जर्ज थोमस ६९ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा आउट भए । जेम्स रेव १२ र कप्तान टम पस्र्टले १७ रन जोडे ।
अफगानिस्तानका युवा स्टार नुर अहमदले र नविद जद्रानले २–२ विकेट लिए ।

इंग्ल्यान्डले सन् १९९८ को यू१९ विश्वकपको फाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो । त्यसयता इंग्ल्यान्डले यू-१९ विश्वकपको फाइनलमा स्थान बनाउन सकेको थिएन । दोस्रो सेमिफाइनलमा आज भारत र अष्ट्रेलियाबची प्रतिस्पर्धा हुनेछ । यू-१९ विश्ककपका सर्वाधिक सफल यी दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । फाइनल शनिबार हुनेछ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]