default_image

4 years ago

February 3, 2022

अष्ट्रेलियामाथि सानदार जितका साथ भारत आठौं पटक फाइनलमा

235 views

0 Bookmark

एजेन्सी – कप्तान यश धुल र शेख रशिदको उत्कृष्ट दोहोरो शतकीय साझेदारीको सहयोगमा भारत वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपको फाइनलमा पुगेको छ । भारतले दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियालाई ९६ रनले हराउँदै आठौं पटक यू–१९ विश्वकपको फाइनलमा स्थान पक्का बनाएको हो । भारतले उपाधिको लागि शनिबार इंग्ल्यान्डसँग खेल्नेछ ।

२ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ४१.५ ओभरमा १ सय ९४ रनमा अल आउट भयो । अष्ट्रेलिया मध्यक्रमका ब्याटर लचलान शाले ६६ बलमा ४ चौकासहित सर्वाधिक ५१ रन बनाए । कोरे मिलर ३८, क्याम्पबेल केल्लावेले ३०, ज्याक सिनफिल्ड २० र टम ह्टनीले १९ रन बनाए । भारतका अफस्पिनर विक्की ओस्टलले सर्वाधिक तीन विकेट लिए । निशान्त सिन्धु र रवि कुमारले २–२ विकेट लिए ।

त्यसअघि कुलिज क्रिकेट ग्राउन्ड एन्टिगुवामा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो । भारतका कप्तान यश धुलले १ सय १० बलमा १० चौका र १ छक्कासहित १ सय १० रनको शतकीय इनिङ खेले । शेख राशिद १ सय ८ बलमा ८ चौका र १ छक्कासहित ९४ रनमा आउट भए ।

कमजोर सुरुवात गरेको भारतलाई तेस्रो विकेटका लागि शेख रशिद र यस धुलले २ सय ४ रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारीका साथ बलियो अवस्थामा पुर्याएका थिए । विकेटकिपर दिनेश बना ४ बलमा २ चौका र २ छक्कासहित २० रनमा अविजित रहे ।

भारतले सुरुवाती २५ ओभरमा भारतले ८६ रन मात्र बनाएको थियो । अन्तिम २५ ओभरमा भारतले २ सय ४ रन जोडेको थियो । अन्तिम १० ओभरमा भारतले १ सय ८ रन बनाएको थियो । अष्ट्रेलिया ज्याक निस्वेट र विलियम साल्जम्यानले २–२ विकेट लिए ।

पहिलो सेमिफाइनलमा इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । इंग्ल्यान्ड दोस्रो र भारत पाँचौं पटक उपाधि जित्ने सोचमा हुनेछन् । इंग्ल्यान्डले सन् १९९८ मा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पहिलो पटक उपाधि जितेको थियो ।

त्यसपछि इंग्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । भारत २०००, २००८, २०१२ र २०१८ यू१९ विश्वकप च्याम्पियन टोली हो । २००६, २०१६ र २०२० मा उपविजेता बनेको थियो । फाइनल सर भिभियन रिचर्ड्स स्टेडियममा शनिबार हुनेछ ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.