4 years ago
February 3, 2022
एजेन्सी – वेस्टइन्डिजसँग हुने तीन ओडिआई र तीन टि२० आई सिरिज अघि क्याम्पमा रहेका भारतीय ओपनर शिखर धवन, युवा ब्याटर श्रेयस ऐर सहित ७ जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ ।

सिरिजको लागि टोलीमा रहेका तीन खेलाडीमा कोरोना देखिएपछि भारतले युवा मयंक अग्रवाललाई टोलीमा समेटेको छ । ओपनर शिखर धवन, ऋतुराज गायकवाड, श्रेयस ऐर र वैकल्पिक खेलाडी नवदीप सैनी सहित थप अन्य तीन अफिसलमा कोरोना देखिएको हो । फिल्डिङ प्रशिक्षक टि दिलिप, सुरक्षा सम्पर्क अधिकारी बि लोकेश र मसाज थेरापिष्ट राजीव कुमारलाई कोरोना देखिएको बिसिसिआईले जनाएको छ ।
तालिका अनुसार भारत र वेस्टइन्डिजबीचको पहिलो ओडिआई खेल आइतबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुनेछ । तर भारतीय तीन खेलाडीमा कोरोना देखिएपछि पहिलो खेल सर्न सक्ने सम्भावना पनि छ । धवन र सैनीको रिपोर्ट आरटि पिसिआर टेस्टबाट पोजेटिभ देखिएको थियो । पुन परिक्षण गर्दा पोेजेटिभनै आएको हो । ऋतुराजको मंगलबार पहिलो परिक्षणमा पोजेटिभ आएको हो । श्रेयस ऐरको सुरुवाती दुई टेस्टमा नेगेटिभ आएपनि बुधबार पोजेटिभ आएको हो ।
भारतको ओडिआई टिम –
रोहित शर्मा (कप्तान), लोकेश राहुल (उपकप्तान), मयंक अग्रवाल, ऋतुराज गायकवाड, शिखर धवन, विराट कोहली, सूर्यकुमार यादव, श्रेयस ऐर, दीपक हुडा, ऋषभ पन्त (विकेटकिपर), दीपक चाहर, शार्दुल ठाकुर, युजभेन्द्र चहल, कुलदीप यादव, वासिन्टन सुन्दर, रवि विश्रोई, मोहम्मद शिराज, प्रसिद्ध कृष्ण र आवेश खान ।
भारत र वेस्टइन्डिजबीचको खेल तालिका :
पहिलो ओडिआई – ६ फेब्रुअरी, अहमदाबाद
दोस्रो ओडिआई – ९ फेब्रुअरी, अहमदाबाद
तेस्रो ओडिआई – ११ फेब्रुअरी, अहमदाबाद
भारतको टि२० टिम –
रोहित शर्मा (कप्तान), लोकेश राहुल (उपकप्तान), ईशान किशन, विराट कोहली, सूर्यकुमार यादव, श्रेयस ऐर, ऋषभ पन्त (विकेटकिपर), वेंकटेश ऐर, दीपक चाहर, शार्दुल ठाकुर, रवि विश्रोई, अक्षर पटेल, युजभेन्द्र चहल, वासिन्टन सुन्दर, मोहम्मद शिराज, भुवनेश्वर कुमार, आवेश खान र हर्षल पटेल ।
पहिलो टि२० आई – १६ फेब्रुअरी, कोलकता
दोस्रो टि२० आई – १८ फेब्रुअरी, कोलकता
तेस्रो टि२० आई – २० फेब्रुअरी, कोलकता
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]