4 years ago
February 3, 2022
एजेन्सी – अघिल्लो महिना अष्ट्रेलियासँग विश्व प्रतिष्ठित पाँच टेस्ट खेलको एसेज सिरिजमा ४–० को लज्जास्पद हार बेहोरेपछि इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी) का प्रबन्ध निर्देशक एशले जाइल्सले पदबाट राजीनामा दिएका छन् । जाइल्स २०१८ डिसेम्बरमा प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए ।

इसिबीले उनको तीन वर्ष कार्यकालमा इंग्ल्यान्ड पहिलो पटक एकदिवसिय विश्वकप च्याम्पियन बनेकोमा धन्यवाद दिएको छ । एसेज सिरिजमा निराशाजनक प्रदर्शनपछि इसिबीले आफ्नो संरचना परिवर्तन गर्न लागेको बुझिएको छ । इंग्ल्यान्ड क्रिकेटका मुख्य प्रशिक्षक क्रिस सिल्भरवुडबारे पनि छलफल भइरहेको छ । सिल्भरवुडलाई हटाउने तयारी गरेको बुझिएको छ ।
‘मलाई सहयोग गरेकोमा सबैलाई धन्यावाद । मलाई यो अवसर दिएकोमा विशेषगरि कर्माचारी र खेलाडीलाई धन्यावाद । पछिल्लो दुई वर्ष अविश्वसनिय चुनौतीहरु थिए । हामीले सबैभन्दा कठिन परिस्थितीमा जे गर्न सफल भयौं, त्यसको लागि म गर्व गर्छु’, जाइल्सले भनेका छन् ।

‘हामी पछिल्लो तीन वर्षमा एकदिवसिय विश्वकप च्याम्पियन, टि२० आई वरियता शीर्ष, ओडिआईको दोस्रो, टेस्टमा चौथो र यू१९ विश्वकपमा भर्खरै फाइनलमा पुगेका छौं । म हाम्रा सबै खेलाडी र कर्माचारीलाई उत्कृष्ट सफलता कामना गर्छु,’ उनले थपे ।
जाइल्सले अब केहि समय परिवारसँग बिताउने जनाएका छन् । सन् २०२० को कोरोना महामारीमा इंग्ल्यान्डले वेस्टइन्डिजसँग घरेलु क्रिकेटमा टेस्ट सिरिज खेल्दै १ सय १६ दिनपछि अन्तर्राष्ट्रिय क्रिकेट फर्किएको थियो । यस कार्यका लागि उनको प्रशंसा भएको थियो । तर एसेज सिरिजमा खराब नतिजापछि भने २०१५ मा जसरी परिवर्तन गर्न माग उठेको छ । २०१५ को विश्वकपमा खराब प्रदर्शन गरेपछि इंग्ल्यान्डले त्यसपछि विश्व क्रिकेटमै नयाँ शैलीमा प्रस्तुत हुँदै २०१९ मा विश्वकप च्याम्पियन बनेको थियो ।

इंग्ल्यान्ड एसेज सिरिजमा अष्ट्रेलियासँग पहिलो टेस्टमा ९ विकेट, दोस्रो टेस्टमा २ सय ७५ रन, तेस्रो टेस्टमा १४ रनको इनिङ अन्तर, चौथो टेस्ट ड्र र पाँचौं टेस्टमा १ सय ४६ रनले पराजित भएको थियो । खराब नतिजापछि इंग्ल्यान्डका कप्तान जो रुटले घरेलु प्रतियोगिता र संरचनालाई लिएर प्रश्न गरेका थिए ।
केहि इंग्ल्यान्डका क्रिकेट खेलाडीले इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने जनाएका छन् । स्टार ब्याटर बेन स्टोक्स, जो रुट, साम करन र क्रिस वोक्सले घरेलु क्रिकेटमा केन्द्रित हुन अक्सनमा आफ्नो नाम दिएका छैनन् ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]