4 years ago
February 3, 2022
काठमडौं (हाम्रो खेलकुद) – श्रीलंकाको राष्ट्रिय टोली तथा इपिएलमा भैरहवा ग्ल्याडियटर्सबाट खेलेका तीव्र गतिका बलर धम्मिका प्रसाद दुई सातापछि ओमानमा हुने टि२० विश्वकप ग्लोबल छनोट ए को लागि नेपालको बलिङ कन्सल्टेन्टको रुपमा नेपाल आउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने चारदेशबीचको सिरिज र टि२० विश्वकप ग्लोबल छनोटको लागि बलिङ कन्सल्टेन्टको रुपमा नेपाल ल्याउन लागेको जनाएको छ । धाम्मिका ओमान भ्रमणसम्मको लागि नेपाल आउन लागेका हुन् । उनी शुक्रबारसम्म नेपाल आइपुग्ने सम्भावना छ ।
‘नेपाल कहिले आउने पक्का भइसकेको छैन । भिसा मिलाएर शुक्रबार आउँछन् होला’, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले भने, ‘बलिङ सुधारको लागि मात्र होईन । सहायक प्रशिक्षकको रुपमा पनि काम गर्ने क्षमताका हुन् । हामीसँग बलिङ कन्सल्टेन्टको भूमिकामा रहनेछन् । उनी लेभल थ्रीका प्रशिक्षक हुन् ।’
धम्मिकाले गत अक्टोबरमा नेपालमा भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाट खेल्दै उच्च प्रदर्शन गरेका थिए । धम्मिकाले इपिएलमा ६ खेलमा ८ विकेट लिएका थिए । तीव्र गतिका बलर ३८ वर्षिय धाम्मिकाले श्रीलंकाबाट २५ टेस्ट, २४ ओडिआई र एक टि२० आई खेल खेलेका छन् । उनले टेस्टमा ७५ र ओडिआईमा ३२ विकेट लिएका छन् । टेस्टमा उच्च प्रदर्शन ५–५० र ओडिआईमा ३–१७ छ ।

उनले २००६ मा बंगलादेशविरुद्ध ओडिआईमा डेब्यू गर्दै आफ्नो करीअरको पहिलो ओभरमै दुई बलमा दुई विकेट लिँदै मेडन ओभर राखेका थिए । उनी बाउन्सर तीव्र गतिका लागि चिनिन्छन् । उनको बलको गति प्रतिघण्टा १ सय ४० किलोमिटरमाथि हुने गर्दछ । उनले २१ टि२० खेलमा १९ विकेट लिएका छन् । १ सय ३० प्रथम श्रेणी र १ सय १९ लिष्ट ए खेल खेलेका छन् ।
ग्लोबल छनोट ए मा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरि आठ टोली छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । उद्धघाटन खेलमा फागुन ६ (१८ फेब्रुअरी) मा नेपाल र ओमानबीचको खेल हुनेछ ।
फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउने छन् । नेपाल पनि २०१४ पछि पहिलो पटक विश्वकप खेल्ने लक्ष्यका साथ तयारीमा छ । टि२० विश्वकप छनोट अघि नेपाल, आयरल्यान्ड, ओमान र युएई गरि चार देशबीच टि२० आई सिरिज हुनेछ ।
ग्लोबल टि२० विश्वकप छनोट बी भने जुलाई ११ देखि १७ सम्म जिम्बावेमा हुने छ । छनोट बी मा जिम्बावे, हङकङ, जर्सी, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् । फाइनलमा पुग्ने दुई टोली विश्वकपमा स्थान बनाउने छन् । ओमान भ्रमणको लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्य टोली घोषणा गरि सकेको छ । नेपाल फेब्रुअरी पहिलो साता ओमान जाने छ ।

ओमान भ्रमणमा नेपालको खेल तालिका
चारदेशबीचको टि२० आई सिरिज
माघ २८ ( ११ फेब्रुअरी) – नेपालविरुद्ध ओमान
माघ २९ ( १२ फेब्रुअरी ) – नेपालविरुद्ध युएई
फागुन २ ( १४ फेब्रुअरी ) – नेपालविरुद्ध आयरल्यान्ड
टि२० विश्वकप छनोट
फागुन ६ (१८ फेब्रुअरी) – नेपालविरुद्ध ओमान, ओमान एकेडेमी १
फागुन ७ ( १९ फेब्रुअरी ) – नेपालविरुद्ध फिलिपिन्स, ओमान एकेडेमी २
फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा, ओमान एकेडेमी १
फागुन १० ( २२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल ( समूह ए को विजेता र समूह बी को उपविजेता, आइसिसी एकेडेमी १
फागुन १० ( २२ फेब्रुअरी ) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता), आइसिसी एकेडेमी २
फागुन १२ ( २४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता), आइसिसी एकेडेमी १

नेपाली टोली :
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी ।
टि२० विश्वकप २०२२ अष्ट्रेलियामा १६ अक्टोबर देखि नोभेम्बर १३ सम्म हुनेछ ।
सुपर १२ को समूह १ – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता
सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता
पहिलो चरणको समूह ए – श्रीलंका, नामिबिया र छनोटबाट आउने दुई टोली
समूह बी – वेस्टइन्डिज, स्कटल्यान्ड र छनोटबाट आउने दुई टोली
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]