4 years ago
February 3, 2022
एजेन्सी – क्यानडाले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । नेपालको समूह बी मा रहेको क्यानडाले नवनित धालिवालको कप्तानीमा बलियो टोली घोषणा गरेको छ । क्यानडाको टोलीमा वेस्टइन्डिज मूलका अलराउन्डर रयान खान पठान र पूर्व पाकिस्तानी तीव्र गतिका बायाँ हाते बलर कलिम सना लगायतका खेलाडी छन् ।

क्यारेवियन प्रिमियर लिग (सिपिएल) मा राम्रो प्रभाव जमाउँदै आएका बायाँ हाते स्पिनर साद जफर टोलीमा छन् । पाकिस्तानी मुलका जफरले १७ टि२० आईमा २४ विकेट लिएका छन् । २०१९ मा आयरल्यान्डलाई हराउन उनले दुई महत्वपूर्ण विकेट लिएका थिए । त्यस्तै २००९ मा पाकिस्तानको यू१९ टोलीबाट खेलेका कलिम पनि क्यानडाको टोलीमा छन् ।
उनी टि२० आईमा डेब्यू गर्ने छन् । पठानले गत असोजमा एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर किंग्सबाट खेलेका थिए । उनी आक्रामक ब्याटिङका लागि चिनिन्छन् । गत नोभेम्बरमा पनामाविरुद्ध शतकीय इनिङ खेलेका थिए । पठानले आक्रामक ब्याटिङसँगै मध्यगतिमा बलिङ गर्ने गर्दछन् ।
क्यानडाका कप्तान नवनित र विकेटकिपर हम्जा तारिक प्रमुख र भरपर्दा ब्याटर हुन् । २०१९ को टि२० विश्वकप ग्लोबल छनोटमा क्यानडाले टेस्ट टोली आयरल्यान्डलाई १० रनले हराएको थियो । उक्त खेलमा कप्तान नवनितले ५१ बलमा ६९ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । उनी नेपालविरुद्ध घातक बन्नसक्छन् । क्यानडा शीर्षक्रमका ब्याटर नितिश कुमार भने छैनन् ।

क्यानडा, नेपाल, ओमान र फिलिपिन्स समूह बी मा छन् । समूह ए मा आयरल्यान्ड, युएई, जमर्नी र बहराइन छन् । शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छन् । क्यानडालाई विश्वकप खेल्न ओमान वा नेपाल मध्य एकलाई पछि पार्दै सेमिफाइनल खेल्नुपर्ने हुन्छ । क्यानडाले १८ फेब्रुअरीमा फिलिफिन्ससँग खेल्नेछ । १९ फेब्रुअरीमा ओमान र २१ फेब्रुअरीमा नेपालसँग खेल्नेछ ।
क्यानडाको टोली –
नवनित धालिवाल (कप्तान), डिलोन हेलिगर, ऋषिभ जोशी, जतिन्द्र मथारु, श्रेयस मुवा, सलमान नजार, रयान पठान, कलिम सना, जुनैद सद्दिक, रविन्द्रपाल सिंह, म्याथ्यु स्पोर्स, हम्जा तारिक (विकेटकिपर), हर्ष ठाकर र साद जफर ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]