4 years ago
February 4, 2022
एजेन्सी – ओपनर तथा विकेटकिपर हसिबउल्लाह खान र कप्तान कसिम अक्रमको सानदार शतकसँगै पाकिस्तानले श्रीलंकामाथि विशाल जितका साथ यू–१९ विश्वकप २०२२ मा पाँचौं स्थानमा रहेर अन्त्य गरेको छ । वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपमा पाकिस्तानले पाँचौं स्थानको लागि भएको खेलमा श्रीलंकालाई २ सय ३८ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

सर भिभियन रिचर्ड्स स्टेडियममा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ३ विकेट गुमाउँदै ३ सय ६५ रन बनायो । कप्तान कसिम अक्रम ८० बलमा १३ चौकार ६ छक्कासहित १ सय ३५ रनको विष्फोटक शतकीय इनिङ खेले । बलिङतर्फ उनले पाँच विकेट लिँदै सहज जित दिलाए ।
यू–१९ विश्वकप इतिहासमा उनी एकै खेलमा शतक र पाँच विकेट लिने पहिलो खेलाडी दुलर्भ कीर्तिमान रचेका छन् । विकेटकिपर खानले १ सय ५१ बलमा ९ चौका र २ छक्कासहित १ सय ३६ रनको शतकीय इनिङ खेले । अर्का ओपनर मुहम्मद शाहजाद ६९ बलमा ७ चौका र २ छक्कासहित ७३ रनमा आउट भए ।
ओपनर शाहजाद र खानले पहिलो विकेटका लागि २४.१ ओभरमा १ सय ३४ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि खान र अक्रमले २ सय २९ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेका थिए । श्रीलंका मथिशा पाथिरानाले २ विकेट लिए ।
३ सय ६६ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका ३४.२ ओभरमा १ सय २७ रनमा अल आउट भयो ।

श्रीलंका तल्लोक्रमका विनुजा रणपुल ५८ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५१ रनमा अविजित रहे । कप्तान दिनुथ ४० रनमा आउट भए । अन्य ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । विष्फोटक शतक प्रहार गरेका अफस्पिनर अक्रमले १० ओभरमा ३७ रन खर्चेर ५ विकेट लिँदै इतिहास रचे ।
पाकिस्तान क्वाटरफाइनलमा अष्ट्रेलियासँग १ सय १९ रनले पराजित भएको थियो । श्रीलंका क्वाटरफाइनलमा अफगानिस्तानसँग ४ रनले पराजित हुँदै बाहिरिएको थियो ।
उपाधिको लागि शनिबार इंग्ल्यान्ड र भारत भिड्नेछन् । सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई ९६ रन र इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । भारत पाँचौं र इंग्ल्यान्ड दोस्रो पटक उपाधिको सोचमा हुनेछन् ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]