3 years ago
July 14, 2022
एजेन्सी – स्पिनर युजभेन्द्र चहलको उत्कृष्ट बलिङसँगै दोस्रो ओडिआई खेलमा इंग्ल्यान्डले भारतलाई २ सय ४७ रनको मध्यम लक्ष्य दिएको छ । लर्ड्समा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली इंग्ल्यान्ड ४९ ओभरमा २ सय ४६ रनमा अल आउट भयो ।

इंग्ल्यान्डका मोईन अलीले ६४ बलमा २ चौका र २ छक्कासहित ४७ रन बनाए । डेविड विल्ली ४९ बलमा २ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । सातौं विकेटका लागि मोईन अली र विल्लीले ७८ बलमा ६२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ओपनर जेसन रोय र जोनी बेयरस्टोले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।
रोय हार्दिक पान्ड्याको नवौं ओभरको पाँचौं बलमा पुल सट खेल्ने धुनमा स्क्वायर लेगमा सूर्य कुमार यादवबाट २३ रनमा क्याच भए । जोनी बेयरस्टो युजभेन्द्र चहलको बलमा स्विप खेल्ने धुनमा मिस हुँदा ३८ रनमा बोल्ड भए ।
उनले ३८ बलमा ६ चौका प्रहार गरे । चहलले जो जरुटलाई ११ रनमा एलबीडब्लू आउट गर्दै इंग्ल्यान्डमाथि दबाब बढाए । बेन स्टोक्स पनि रिभर स्वीप खेल्ने धुनमा चहलको बलमा २१ रनमा एलबीडब्लू आउट भए । स्टोक्सले २३ बलमा ३ चौका प्रहार गरे ।

कप्तान बनेपछि राम्रो प्रदर्शन गर्न नसकेका जस बटलर मोहम्मद शामीको बलमा ४ रनमा बोल्ड भए । लियाम लिभिङस्टोनले तल्लोक्रममा आशा देखाएका थिए ।
हार्दिक पान्ड्याको बलमा लिभिङस्टोन डीप स्क्यार लेगमा वैकल्पिक फिल्डर श्रेयस ऐरबाट ३३ रनमा क्याच भएपछि ठूलो योगफलको सम्भावना सकिएको थियो । उनले ३३ बलमा २ चौका र २ छक्का हाने । प्रमुख ब्याटर खराब सटका कारण आउट भएका थिए ।

भारतका युजभेन्द्र चहलले १० ओभरमा ४७ रन खर्चेर ४ विकेट लिए । जस्प्रित बुमराह र हार्दिक पान्ड्याले २(२ विकेट लिए । प्रसिद्धकृष्ण र मोहम्मद शामीले १-१ विकेट लिए । तीन ओडिआई खेलको सिरिजमा भारत १(० ले अघि छ । पहिलो खेलमा भारत १० विकेटले विजयी भएको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]