default_image

3 years ago

July 15, 2022

टि२० विश्वकप छनोट बी को सेमिफाइनल समिकरण पूरा

278 views

0 Bookmark

एजेन्सी – जिम्बावेमा जारी आइसिसी टि२० विश्वकप छनोट बी को सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा अमेरिका, जिम्बावे, नेदरल्यान्ड्स र पपुवा न्युगिनी पुगेका छन् ।

समूह ए बाट जिम्बावे विजेता र अमेरिका उपविजेताको रुपमा सेमिफाइनलमा पुगे । समूह बी बाट नेदरल्यान्ड्स समूह विजेता र पपुवा न्युगिनी उपविजेताको रुपमा सेमिफाइनमा स्थान बनाएका हुन् ।

पहिलो सेमिफाइनलमा जिम्बावे र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा अमेरिका र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । दुबै सेमिफाइनल आज हुनेछ । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । अमेरिका पहिलो पटक विश्वकप खेल्ने लक्ष्यमा हुनेछ ।

जिम्बावे र नेदरल्यान्ड्स अपराजित रहे । पपुवा न्युगिनी भने भाग्यशाली रह्यो । अन्तिम खेलमा हङकङसँग २ विकेटले पराजित भएपनि नेटरनरेटका कारण सेमिफाइनलमा स्थान बनायो । समान २ अंक भएपनि पपुवा न्युगिनीको माइनस ०.४१९ र हङकङको माइनस ०.९८९ रह्यो ।

हङकङ युगान्डासँग २ विकेट र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो । पपुवा न्युगिनीले नेदरल्यान्ड्सँग ५२ रनले हार्दा युगान्डालाई ८ विकेटले हराएको थियो ।

जिम्बावेले सिंगापुरलाई १ सय ११, जर्सीलाई २३ रन र अमेरिकालाई ४६ रनले हराएको थियो । अमेरिकाले जर्सीलाई ८ विकेट र सिंगापुरलाई १ सय ३२ रनले हराएको थियो ।

अंक तालिका

समूह ए मा जिम्बावे ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । अमेरिका ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । समान खेलमा जर्सी २ मा हार र १ मा जितका साथ तेस्रो र सिंगापुर जित बिहीन हुँदै पुछारमा रहेर बाहिरिए ।

समूह बी मा नेदरल्यान्ड्स ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । समान २ अंक भएपनि पपुवा न्युगिनी दोस्रो र हङकङ तेस्रो स्थानमा रह्यो । युगान्डा पनि २ अंकका साथ पुछारमा रहेर बाहिरियो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.