default_image

3 years ago

July 15, 2022

नामिबियामाथि स्कटल्यान्डको रोमान्चक जित

316 views

0 Bookmark

एजेन्सी – घरेलु टोली स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ मा नामिबियामाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि २ सय १६ रनको विजयी लक्ष्य पछ्छाएको स्कटल्यान्डले ४८.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

एक समय ३६.४ ओभरमा १३६–७ को अवस्थामा पुगेको स्कटल्यान्डलाई आठौं विकेटका लागि शफ्यान शरिफ र क्रिस ग्रीव्सले ८३ रनको उत्कृष्ट साझेदारी गर्दै रोमान्चक जित दिलाए । स्कटल्यान्ड नेपालसँग ५ विकेटले पराजित भएको थियो ।

ग्रिब्स ४८ बलमा ५ चौका र २ छक्कासहित ५३ रनमा अविजित रहे । उनको यो पहिलो अर्धशतक हो । शरिफ ४३ बलमा ४ चौका र १ छक्कासहित ४० रनमा अविजित रहे । कप्तान का इल कोट्जर ३, म्याथ्यु क्रस २९, जर्ज मुन्शे १७ र मार्क वाट् ११ रनमा आउट भए । नामिबियाका तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले सर्वाधिक तीन विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय १५ रन बनाएको थियो । नामिबियाका जान फ्रिलिंक ४८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ६० रनमा अविजित रहे । कप्तान गेर्हार्ड इरास्मस ७२ बलमा २ चौका र २ छक्कासहित ५६ रनमा आउट भए ।

डेभिन ला कक २३, जेजे स्मित २६ र डेविड विजा ६ रनमा आउट भए । स्कटल्यान्डका स्पिनर हम्जा ताहिर र तीव्र गतिका बलर गेभिन मेनले तीन तीन विकेट लिए । नेपाल नामिबियासँग भने ४० रनले पराजित भएको थियो । अव नेपालले शनिबार नामिबिया र आइतबार स्कटल्यान्डसँग खेल्नेछ ।

अंक तालिका

ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २३ खेलमा १५ मा जित र ६ मा हारका साथ ३२ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल १८ खेलमा ८ मा जित र ९ मा हारका साथ १७ अंक जोड्दै पाँचौं स्थानमा छ । नामिबिया १७ खेलमा ८ मा जित र ९ मा हार सहित १६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.