default_image

3 years ago

July 16, 2022

रोहित आउटसँगै समस्यामा नेपाल

302 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा उपकप्तान रोहित पौडेलको विकेटसँगै नेपाल समस्यामा परेको छ ।


जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपालले २१ ओभरमा ४ विकेट गुमाउँदै ७७ रन बनाएको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी २२ बलमा २ चौकासहित १५ रनमा अविजित छन् । उनलाई आरिफ शेखले ३ रनमा साथ दिएका छन् ।

तीव्र गतिका बलर ज्यान फिंलिकको पहिलो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेल शून्यमा रुबेन ट्रम्पलम्यानबाट क्याच भए । फ्रिंलिककै पाँचौं ओभरको तेस्रो बलमा देव खनाल डिप मिडविकेटमा बेन सिकोन्गोबाट १ रनमा क्याच आउट भए ।

आसिफ शेख स्पिनर बेर्नार्ड शोल्ट्जको १४ औं ओभरको दोस्रो बलमा डिप एक्स्ट्रा कभरमा कप्तान जेहार्ड एरास्मसबाट ३४ रनमा क्याच भए । उनले ३२ बलमा ६ चौका प्रहार गरे । बेर्नार्डको १९ औं ओभरको चौथो बलमा रोहित कटविहाइन्ड १७ रनमा आउट भए । रोहितले ५० बल खेलेका थिए । रोहित अम्पायरको निर्णयमा भने सन्तुष्ट थिएनन् ।

त्यसअघि कम्बसदुन न्यू ग्राउन्ड, एयरमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबिया ४९.२ ओभरमा १ सय ९९ रनमा अल आउट भयो । नामिबियाका कप्तान जेहार्ड एरास्मस ७० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५३ रन बनाए ।

खराब सुरुवात गरेपनि चौथो विकेटका लागि एरास्मस र जान निकोल लोफ्टी इटनले ६८ रनको साझेदारी गर्दै नामिबियालाई खेलमा फर्काएका थिए ।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । बसिर अहमदले ९ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.