default_image

3 years ago

July 17, 2022

स्कटल्यान्डविरुद्ध नेपालको सम्भावित प्लेईङ ११

231 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा टिटवुड ग्लासगोमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराउँदै इतिहास रचेको थियो । आफ्नो इतिहासमा पहिलोे पटक स्कटल्यान्डलाई हराएको थियो । उक्तक्रममा सोमपाल कामी र आदिल अन्सारीले समान तीन विकेट लिएपछि स्कटल्यान्ड १ सय ४४ रनमा आउट भएको थियो । उक्त लक्ष्य पूरा गर्न आसिफ शेखले ७१ रनको योगदान दिएका थिए ।

तर नामिबियासँग दुबै खेलमा नेपाल खराब ब्याटिङको कारण ४० र ६३ रनले पराजित हुन पुगेको थियो । दोस्रो खेलमा नेपाल २ सय रनको लक्ष्य पछ्याउनेक्रममा १ सय ३६ रनमा अल आउट भएको थियो ।

कुनैपनि टोलीले पछिल्लो खेलमा खराब प्रदर्शनका साथ हार्छ भने टोलीमा परिवर्तनको आवश्यक पर्छ । नेपालले नामिबियासँग खराब ब्याटिङ गरेको थियो । त्यसैको कारण आजको खेलमा टोलीमा दुई परिवर्तन गर्न सक्छ ।

स्पिनर बसिर अहमद र पवन सरार्फलाई बेन्चमा राख्न सक्छ । बसिरले नामिबियासँग ९ ओभरमा ४९ रन खर्चेर १ विकेट लिएका थिए । स्कटल्यान्डविरुद्ध मात्र २ ओभर गरेका थिए । एउटा प्रमुख बलरलाई दुई ओभर गराएर राख्न भन्दा अर्को तीव्र गतिको बलर खेलाउन उपयुक्त हुन्छ । बसिरको विकल्पमा किशोर महतो राम्रो विकल्प हुन् । स्पिनर पवन सरार्फको स्थानमा करण टोलीमा फर्किने छन् । करणलाई विश्राम दिँदै पवनलाई मौका दिएको थियो ।

नेपालले स्कटल्यान्डलाई यसै मैदानमा सस्तैमा अल आउट गर्न तीव्र गतिका बलरले उच्च प्रदर्शन गरेका थिए । नेपालले आज दुई जोडी तीव्र गतिका बलरको रुपमा मैदान उतार्न सक्छ । पहिलो जोडीमा सोमपाल कामी र करण केसी हुनेछन् । यी दुईले सुरुवात गर्नेछन् ।

दोस्रो जोेडीमा आदिल अन्सारी र किशोर महतो हुनसक्छन् । महतो राम्रो लयमा छन् । तीव्र गतिका बलरलाई पनि फाइदा मिल्दै आएको छ । नेपालले तीव्र गतिको बलिङ आक्रामण बलियो बनाउन सक्छ । किशोर पनि तल्लोक्रममा ब्याटिङको राम्रो क्षमता राख्छन् । बसिरको स्थानमा किशोर राम्रो विकल्प हुन् ।

आदिल, करण र सोमपालले तल्लोक्रम ब्याटिङ सम्हाल्नेछन् । स्कटल्यान्डलाई जतिसक्यो कम योगफलमा समेट्यो त्यतिनै फाइदा हुन्छ । किशोरलाई खेलाउँदा आरिफ शेखलाई ब्याटरको रुपमा मात्र खेलाउन सक्छ ।

एकदेखि छ नम्बरसम्मका ब्याटरले जिम्मेवारी र ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । चार तीव्र गतिका बलर खेलाउदा पनि नौ नम्बरसम्म नेपालको ब्याटिङ हुनेछ । किशोरलाई खेलाउदा टोलीको सन्तुलन बलियो बन्नसक्छ ।

ओपनर कुशल भुर्तेल पछिल्लो खेलमा शून्यमा आउट भएका थिए । भुर्तेल खराब सट खेल्दै फाइन लेगमा क्याच भएका थिए । आसिफ राम्रो सुरुवातका बाबजुद ठूलो इनिङमा बदल्न चुकेका थिए । देव खनालको क्याच बाउन्ड्रीमा पहिला छक्का त्यसपछि आउटमा परिणत भएको थियो । देवलाई भने पछिल्लो खेलबाट दोष दिनु हुँदैन ।

दीपेन्द्रलाई नेपालले चौथो नम्बरमै ब्याटिङमा निरन्तरता दिनुपर्छ । पाँचौं नम्बरमा राम्रो गर्न सकेका छैनन् । नामिबियासँग दीपेन्द्रले दुई रन लिने चक्करमा विकेट गुमाएका थिए । रोहित पौडेललाई पाँचौं नम्बरमा खेलाउनु पर्छ ।

रोहितको प्रदर्शनले टोलीको योगफलमा धेरै प्रभाव पार्नेछ । आरिफ शेखले एक तर्फबाट विकेट बचाउँदै फिनिसरलाई विष्फोटक ब्याटिङको आधार तय पार्दिनुपर्छ । स्पिनरमा सन्दीप लामिछाने हुनेछन् । सन्दीपलाई दीपेन्द्रले साथ दिनेछन् ।

सम्भावित प्लेईङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र किशोर महतो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.