default_image

3 years ago

July 17, 2022

नेपालको टोलीमा तीन परिवर्तन, किशोरको डेब्यू

228 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डसँग नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । टिटवुड ग्लासगोमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले पवन सरार्फको स्थानमा करण केसीलाई टोलीमा फर्काएको छ । करणलाई नेपालले नामिबियाविरुद्ध विश्राम दिएको थियो । बसिर अहमदलाई नेपालले बेन्चमा राख्दै किशोर महतोलाई डेब्यू दिएको छ । आदिल अन्सारीको स्थानमा विनोद भण्डारीले मौका पाएका छन् ।

किशोरले लामो समयको प्रतिक्षापछि डेब्यू गरेका हुन् । किशोरले गत मे मा जिम्बावे ए विरुद्ध अभ्यास खेलमा ५ विकेट लिएका थिए । त्यो अभ्यास खेल हुँदा आधिकारीक रुपमा ओडिआई मार्फत डेब्यू गरेका छन् ।किशोर तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । बसिरले नामिबियासँग ९ ओभरमा ४९ रन खर्चेर १ विकेट लिएका थिए ।

स्कटल्यान्डविरुद्ध मात्र २ ओभर गरेका थिए । एउटा प्रमुख बलरलाई दुई ओभर गराएर राख्न भन्दा अर्को तीव्र गतिको बलर खेलाउन उपयुक्त हुन्छ । बसिरको विकल्पमा किशोर महतोले मौका पाएका हुन् । नेपालले स्कटल्यान्डलाई यसै मैदानमा सस्तैमा अल आउट गर्न तीव्र गतिका बलरले उच्च प्रदर्शन गरेका थिए । ब्याटिङ कमजोरको कारण विनोद भण्डारीलाई मौका दिएको हो ।

सम्भावित प्लेईङ ११ :

आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र किशोर महतो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.