3 years ago
July 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल टि२० लिगको लागि चार टोली सार्वजनिक भएको छ ।

सोमबार एक कार्यक्रममाझ लिगमा सहभागी हुने ४ टोलीको स्वामित्व रहेको कम्पनि र प्रतिनिधिले टोलीको नाम सार्वजनिक गरेका हुन् । काठमाडौंको प्रतिनिधित्व गर्ने टोली कान्तिपुर क्यापिटलको स्वामित्व कान्तिपुर मिडिया ग्रुपको हुनेछ । भारतको गोल्ड स्पोर्ट्स प्रालिले जनकपुरको प्रतिनिधित्व गर्दै जनकपुर रोयल्स घोषणा गरेको छ । त्यस्तै विराटनगर सुपरकिंग्सलाई भारतको डायमन्ड डिजीक्यापले खरिद गरेको छ ।
अमेरिकामा अवस्थित नेपाली अल स्टार्सले लुम्बिनी अल स्टार्सको स्वामित्व लिएको छ । नेपाली टोली गत महिना अमेरिका भ्रमणमा जाँदा नेपाली अल स्टार्सले स्थानीय प्रशिक्षण व्यवस्थापन तथा अभ्यास खेल मिलाएको थियो । अमेरिकामा स्थानीय क्रिकेट खेल्दै आएको नेपाली अल स्टार्सका संजय शर्मा कार्यक्रममा उपस्थित थिए ।
पोखरा र फार वेस्टर्नको टोलीको स्वामित्वबारे भने केहि समयपछि जानकारी दिइने क्यानले बताएको छ ।
नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२ ) सम्म आयोजना हुने यसअघि नै सार्वजनिक भएको थियो । प्रतियोगिता होम तथा अवेका रुपमा गरि डबल राउन्ड रोबिनको आधारमा हुनेछ ।
प्रतियोगितामा ए ग्रेडमा रहेका खेलाडीले १५ लाख, बी ग्रेगमा रहने खेलाडीले १० लाख र सी ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ न्यूनतम पाउने छन् ।
भारतीय कम्पनी सेभेन थ्रि स्पोर्ट्स नेपाल टि२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रुपमा रहनेछ । क्यानले नेपाल टि२० आयोजना गर्न थ्रि स्पोर्ट्ससँग ८ वर्षको लागि ३३ करोडको रुपैयाँमा बेचेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]