default_image

3 years ago

August 26, 2022

केन्याविरुद्ध नेपाल लगातार दोस्रो जितको खोजीमा

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – केन्या भ्रमणमा रहेको नेपालले आज (शुक्रबार) घरेलु टोलीसँग दोस्रो टि२० आई खेलमा प्रतिस्पर्धा गर्दैछ । नेपाल घरेलु टोलीविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

बिहीबार भएको खेलमा नेपालले केन्यमाथि ५ विकेटको सहज जित हात पारेको थियो । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे केन्याको नैरोबीस्थित जिमखाना क्लब ग्राउन्डमा हुनेछ ।

पाँच खेलको सिरिजमा नेपाल १-० ले अघि रहेको छ । विश्व टि२० आई वरियतामा नेपाल १४औं र केन्या ३०औं स्थानमा छन् । नेपालले टि२० आईमा केन्यासँग पहिलो पटक खेलिरहेको छ ।

भिसा समस्याका कारण ढिला गरी केन्या पुगेका तीव्र गतिका बलर सोमपाल कामीको उच्च प्रदर्शनमा नेपालले पहिलो जित हात पार्न सफल भएको थियो । सोमपाल नै दोस्रो खेलमा पनि नेपालको हतियार हुन सक्नेछ । यसबाहेक टोलीसँग करण केसी, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, देव खनाल, रोहित कुमार पौडेल, किशोर महतो, पवन सरार्फ टोलीमा रहेका छन्।

केन्या पहिलो खेलको गल्ती सुधार्दै घरेलु मैदान र वातावरणको फाइदा उठाउँदै नेपालविरुद्ध पहिलो जितको लक्ष्यमा हुनेछ ।
इफराम करिम, गुरदीप सिंह, रुषभ पटेल र शेम न्योचे केन्याका प्रमुख ब्याटर हुन् । केन्या आफ्नो विरासत फर्खाउने पर्खाईमा छ । घरेलु मैदानबाट नेपालसँगको सिरिज केन्याको लागि टर्निङ प्वाइन्ट बन्नसक्छ ।

केन्या र नेपालबीचको खेल तालिका

दोस्रो टि२० आई खेल – भदौ १० (अगष्ट २६)

तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८)

चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९)

पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०)

तीन एकदिवसिय अभ्यास खेल

पहिलो खेल – भदौ १७ (सप्टेम्बर २)

दोस्रो खेल – भदौ १८ (सप्टेम्बर ३)

तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५)

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.