default_image

3 years ago

October 26, 2022

उत्कृष्ट पूनरागमन गर्दा इंग्ल्यान्डलाई मध्यम लक्ष्य

236 views

0 Bookmark

एजेन्सी – मार्क वुड र लियाम लिभिङस्टोनले उत्कृष्ट बलिङ गर्दा आयरल्यान्डले आइसिसीले टि२० विश्वकपमा इंग्ल्यान्डलाई १ सय ५८ रनको लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड १९.२ ओभरमा १ सय ५७ रनमा अल आउट भयो ।

आयरल्यान्डको लागि कप्तान एन्डी बालबिर्नीले ४७ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिए ।
ओपनर पउल स्टर्लिङ ८ बलमा १ चौका र १ छक्कासहित १४ रन जोड्दै आउट भए । स्टर्लिङ आउट हुँदा आयरल्यान्डले २.३ ओभरमा २१ रन जोडेको थियो ।

दोस्रो विकेटका लागि बालबिर्नी र लोर्कान टकर ८२ रनको साझेदारी गरेपछि आयरल्यान्डले विशाल योगफलको सम्भावना देखाएको थियो । ११.५ ओभरमा आयरल्यान्ड १०३-१ को बलियो अवस्थामा थियो ।

अन्तिम बलमा टकर रन आउट भए । जुन रन आउट आयरल्यान्डलाई भारी पर्यो । टकरले २७ बलमा ३ चौका र १ छक्कासहित ३४ रन जोडे । लगत्तै अर्को ओभरको दोस्रो बलमा मार्क वुडले ह्यारी टेक्टरलाई प्रतिघण्टा १ सय ५३ किलोमिटरको गतीमा बलिङ गर्दै जस बटलरबाट शून्यमा क्याच गराए ।

त्यसपछि आयरल्यान्ड १५.१ ओभरमा १३१–३ को अवस्थामा थियो । लियाम लिभिङस्टोनले बालबिर्नीलाई एलेक्स हेल्सबाट क्याच गराउँदै महत्वपूर्ण विकेट दिलाए । लगत्तै अर्को बलमा जर्ज डोकरेललाई बोल्ड आउट भए ।

मार्क वुडले कर्टिस क्याम्फरलाई १७ रनमा क्याच गराए । उनले ११ बलमा तीन चौका हाने । १८ औं ओभरको पाँचौं बलमा मार्क आदिर ४ रनमा क्याच भए । साम करनले १९ औं ओभरमा ब्यारी म्याकार्थी र फिओन ह्यान्डलाई आउट गर्दै मध्यम योगफलमै रोके ।

इंग्ल्यान्डका मार्क वुडले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । लियाम लिभिङस्टोनले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । साम करनले ३ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.