default_image

2 years ago

October 29, 2022

फिलिप्सको शतक र बोल्टको घातक बलिङमा न्युजिल्यान्डको सानदार जित

92 views

0 Bookmark

एजेन्सी – ग्लेन फिलिप्सको शतक र ट्रेन्ट बोल्टको घातक बलिङमा न्युजिल्यान्डले आइसिसी टि२० विश्वकपमा श्रीलंकामाथि ६५ रनको सानदार जित हात पारेको छ । यो जितसँगै न्युजिल्यान्डले सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १९.२ ओभरमा १ सय २ रनमा अल आउट भयो । श्रीलंकाका भानुका राजपक्षले २२ बलमा ३ चौका र २ छक्कासहित ३४ रन बनाए । कप्तान दासुन शनकाले ३४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाए । अन्य ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

टिम साउथीले ओपनर पाथुम निसांकालाई पहिलो ओभरको पाँचौं बलमा शून्यमा एलबीडब्लू आउट गरे । दोस्रो ओभरको तेस्रो बलमा बोल्टले कुशल मेन्डिसलाई विकेटकिपर डेभन कन्वेबाट ४ रनमा क्याच गराए ।

अन्तिम बलमा धनन्जय डि सिल्भालाई शून्यमा बोल्ड गर्दै सुरुवाती दुई ओभरमै ५-३ को दयनीय अवस्थामा पुर्याए । बोल्टले चारिथ असलंकालाई ४ रनमा क्याच गराउँदै ८–४ को अवस्थामा पुर्याए । त्यसपछि चामिका करुणारत्ने ३, वानिन्दु हसरंगा ४ र महेश थिक्सना शून्यमा आउट भए ।

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए । मिचेल सान्टनारले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । ईश सोधीले दुई, टिम साउथी र लोकी फर्गुसनले एक एक विकेट लिए ।

त्यसअघि सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले ६४ बलमा १० चौका र ४ छक्कासहित सर्वाधिक १ सय ४ रनको सानदार शतकीय इनिङ खेले ।

उनले ६१ बलमा शतक पूरा गरे । स्पिनर महेश थिक्सनालाई १९ औं ओभरको पाँचौं बलमा डिप स्क्वायर लेगमा चौका हान्दै शतक पूरा गरेका थिए । उनको विश्वकपमा पहिलो र टि२० आई करिअरको दोस्रो शतक हो । कठिन समयबाट शतक हान्दै न्युजिल्यान्डलाई सुरक्षित योगफलमा पुर्याएका हुन् ।

त्यसअघि उनले दुई महत्वपूर्ण जीवनदान पाए । स्पिनर वानिन्दु हसरंगाको सातौं ओभरको पाँचौं बलमा पाथुम निसांकाले फिलिप्सको ब्यक्तिगत १२ रनमा सहज क्याच छोड्न पुगेका थिए । त्यस्तै चामिका करुणारत्नेको १४ औं ओभरको दोस्रो बलमा कप्तान दासुन शनकाले ४५ रनमा पुन क्याच छोड्न पुगे ।

न्युजिल्यान्डको सुरुवात खराब रह्यो । ओपनर फिन एलेन स्पिनर महेश थिक्सनाको पहिलो ओभरको चौथो बलमै एक रनमा बोल्ड हुन पुगे । तेस्रो ओभरको दोस्रो बलमा धनन्जय डि सिल्भाले डेभन कन्वेलाई एक रनमा बोल्ड गरे । तीव्र गतिका बलर कासुन रजिथाको बलमा कप्तान केन विलियम्सन ८ रनमा कुशल मेन्डिसबाट क्याच आउट भएपछि न्युजिल्यान्ड ४ ओभरमा १५–३ को कमजोर अवस्थामा पुगेको थियो ।

चौथो विकेटका लागि फिलिप्स र डर्याल मिचेलले ८४ रनको साझेदारी गरेका थिए । मिचेललाई हसरंगाले १५ औं ओभरको तेस्रो बलमा २२ रनमा बोल्ड आउट गरे । जेम्श निशम ५, मिचेल सान्टनार ११ र ईश सोधीले एक रन बनाए । श्रीलंकाको फिल्डिङ भने कमजोर रह्यो ।

श्रीलंकाका कासुन रजिथाले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । महेश थिक्सना, धनन्जय डि सिल्भा, वानिन्दु हसरंगा र लाहिरु कुमाराले एक एक विकेट लिए ।

न्युजिल्यान्डले पहिलो खेलमा अष्ट्रेलियालाई ८९ रनले हराउँदा अफगानिस्तानसँग अंक बाँडेको थियो । न्युजिल्यान्ड सुपर १२ को समूह ए मा ५ अंकका साथ शीर्ष स्थानमा छ । न्युजिल्यान्डले अव मंगलबार इंग्ल्यान्ड र शुक्रबार आयरल्यान्डसँग खेल्नेछ । न्युजिल्यान्ड दुबै खेलमा विजयी हुँदा समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । एक खेलमा पराजित हुँदा नेटरनरेटमा निर्भर रहनेछ ।

यता श्रीलंकाले पहिलो खेलमा आयरल्यान्डलाई ९ विकेटले हराएको थियो । दोस्रो खेलमा अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । श्रीलंकाको सेमिफाइनल सम्भावना अव झिनो अंक गणीतिय मात्रै छ । श्रीलंकाले अव मंगलबार अफगानिस्तान र शनिबार इंग्ल्यान्डसँग खेल्नेछ ।

अंक तालिका

सुपर १२ को समूह ए मा न्युजिल्यान्ड ३ खेलमा २ मा जितसहित ५ अंकका साथ शीर्ष स्थानमा छ । इंग्ल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेल रद्ध हुँदा ३ अंकका साथ दोस्रो स्थानमा छ । आयरल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै तेस्रो स्थानमा छ ।

अष्ट्रेलिया ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै चौथो स्थानमा छ । अफगानिस्तान ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै पाँचौं स्थानमा छ । श्रीलंका ३ खेलमा १ मा जित र ३ मा हार सहित पुछारमा छ ।

सुपर १२ को समूह बी मा भारत २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा अंक बाड्दै ३ अंकका साथ दोस्रो स्थानमा छ ।

जिम्बावे २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ तेस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । पाकिस्तान र नेदरल्यान्ड्स अंक विहीन हुँदै पुछारमा छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.