default_image

3 years ago

November 5, 2022

सेमिफाइनला पुग्न निर्णायक खेलमा इंग्ल्यान्डले टस हार्यो

203 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकप २०२२ मा सेमिफाइनलमा पुग्न निर्णाक खेलमा श्रीलंकाविरुद्ध टस हारेर पहिला बलिङ गर्ने भएको छ । सिड्नी क्रिकेट ग्राउन्डमा श्रीलंकाका कप्तान दासुन शनकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

श्रीलंकाले टोलीमा एक परिवर्तन गरेको छ । श्रीलंकाले तीव्र गतिका बलर प्रमोद मदुशानको स्थानमा चामिका करुणारत्नेलाई खेलाएको छ । इंग्ल्यान्डले भने टोलीमा कुनैपरिवर्तन गरेको छैन ।

इंग्ल्यान्ड आजको खेलमा विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ । यदि इंग्ल्यान्ड पराजित हुँदा अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने समिकरण छ । सुपर १२ को समूह ए मा न्युजिल्यान्ड सेमिफाइनलमा पुगि सकेको छ ।

न्युजिल्यान्ड ५ खेलमा ७ अंकका साथ सेमिफाइनल यात्रा पक्का गरेको हो । इंग्ल्यान्ड र श्रीलंकाको खेलले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ । अष्ट्रेलिया ५ खेलमा ७ अंकका साथ दोस्रो स्थानमा छ । इंग्ल्यान्ड ४ खेलमा ५ अंकका साथ तेस्रो स्थानमा छ । अष्ट्रेलियाको नेटरनरेट माइनस ०.१७३ र इंग्ल्यान्डको प्लस ०.५४७ छ ।

इंग्ल्यान्ड र श्रीलंकाबीच हालसम्म १३ टि२० आई खेल भएका छन् । जसमा इंग्ल्यान्ड ९ र श्रीलंका ४ खेलमा विजयी भएका छन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.